काठमाण्डौ, १६  बैसाख - स्थानीय तह निर्वाचन २०७४ को मिति नजिकिँदै जाँदा देशमा चुनावी सरगर्मी निकै बढेको छ । पार्टीहरु आफ्ना उमेदवारको छनोट र चुनावी घोषणापत्र बनाउन ब्यस्त छन् । गीतसंगीत क्षेत्रपनि निर्वाचनबाट अछुतो छैन ।

यसै सन्दर्भमा गायक भीमसेन खतिवडा र तारा लामिछाने मगर आफ्नो नौलो चुनावी प्रस्तुति लिएर आएका छन् । 'सूर्य झन्डा फरफराउँदै आयो एमाले' भन्ने बोलको गीत सार्वजनिक भएको छ । यसमा गायक खतिवडाको शब्द र संगीत रहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो गीतको भिडियो हेर्नुहोस्