
कास्की/ कास्की क्षेत्र नम्बर दुईमा नेकपा र कांग्रेसबीच ७ हजार ९२ भोटको मतान्तर रहेको छ ।
मतगणनाको पछिल्लो स्थितिअनुसार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की विद्या भट्टराईले १४ हजार ८ सय ७९ मत ल्याएकी छन् भने प्रमुख प्रतिपक्षी कांग्रेसका खेमराज पौडेलले ७ हजार ८ सय ५० मत ल्याएका छन् ।
पोखरा लेखनाथ नगरपालिकाको १७ वडामा मात्र भट्टराईले १३ सय ६८ मतले अग्रता लिएकी थिइन् ।



