कास्की २ मा भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपाकी विद्या भट्टराई २४ हजार ३ सय ९४ मतसहित विजयी भएकी छिन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९ सय ९१ मत पाए ।

आइतवार साझ सार्वजनिक मतपरिणाम अनुसार तेस्रोमा समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गर्दा राप्रपाका रोमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत प्राप्त गरेका छन । वैकल्पिक राजनीतिको वकालत गरेका साझा र विवेकशीलले भने जमानत जोगाउन पनि सकेनन ।

चर्चामा रहेकी साझा पार्टीकी उम्मेदवार रजनी केसीले ९ सय ४२ मत प्राप्त गरेकी छिन । उनी उपनिर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस परित्याग गरेर साझा पार्टी प्रवेश गरेकी थिइन । केसीको प्रचारका लागि साझा पार्टीका संयोजक रवीन्द्र मिश्र कास्कीमा खटिएका थिए ।

२०७४ सालको चुनावमा साझा र विवेशकील मिलेर चुनाव लडेका थिए । चुनाव लगत्तै साझाबाट विवेकशील अलग्गिएको थियो । विवेकशीलकी जमुना शर्माले मात्र ७७ भोट पाइन । उनी गुलाव चिन्ह लिएर चुनावमा होमिएकी थिइन ।

नेकपा र कांग्रेस जस्ता पुराना दलले देशलाई निकाश दिन नसकेको दावी गर्दै साझा र विवेकशीलले वैकल्पिक राजनीतिको वकालत गर्दै आएका छन । लोकान्तर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah