
काठमाडौं । धरान उपमहानगर–७ मा नेकपा १ मतले विजयी भएको छ । नेकपाका उमेदवार जीवनराज सुवेदी ६२२ मत ल्याएर विजयी भए । उनका प्रत्यासी कांग्रेसका सुवर्णमोहन पालिखेले ६२१ मत ल्याए ।
गणना अन्तिमतिर पुग्दा नेपाली कांग्रेसले विजयी र्यालीको तयारीसमेत गरेको थियो । अन्तिममा नेकपाका उमेदवारले बाजी मारेपछि पालिखेले लगाएको मालासमते फुकाल्नुपरेको थियो ।



