
धरान उपमहानगरपालिकाको वडा नम्बर ७ को अध्यक्ष पदका लागि भएको निर्वाचनमा नेकपाका उम्मेदवार जम्मा १ मतले बिजयी भएका छन् ।
नेकपाका उम्मेदवार जीवनराज सुवेदीले प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार मोहन पालिखेलाई १ मतले हराएर बिजयी भएका हुन् । सुवेदीले ६ सय २२ मत ल्याएका छन् भने कांग्रेसका पालिखेले ६ सय २१ मत ल्याएका हुन् ।



