बैशाख । बहुप्रतिक्षित भारतीय फिल्म ‘बाहुबली–२’ मा कटप्पाले बाहुबलीलाई किन मारे भन्ने रहस्य खुलेको छ । दैनिक भास्करका अनुसार राजमाता शिवगामीको आग्रह अनुसार बाहुबलीलाई कटप्पाले मारेका थिए । आजभन्दा २२ महिना पहिला प्रदर्शन भएको बाहुबली १ मा यसलाई रहस्यको विषय बनाइएको थियो ।
भास्करमा बताइए अनुसार फिल्म निर्माणको सुरुमा बाहुबली मारिने कथा थिएन । यो फिल्मको अन्त्यमा मात्रै थपिएको हो । तर यो रहस्य नै आज बाहुबलीको मुख्य पक्ष रहन पुगेको छ ।
बताइएअनुसार यो रहस्य जोगाउनका लागी सुटिङका दौरान गोपनियता अपनाउनका लागी झण्डै १५० जनालाई गोपनियताको सपथ खुवाइएको थियो भने बाहिरिएका खण्डमा आर्थिक जरिवना गरिने समेत बताएको थियो ।



