चिनीयाँ लगानीको एक उद्योगले नेपालमा ११८ जना कर्मचारी मागेको छ ।

धादिङ्गमा खुलेको हुवासिन सिमेन्ट उद्योगले विभिन्न पदमा ११८ जना कर्मचारी मागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हुवासिन नारायणी नेपाल र चिनको साझेदारीमा निमार्ण भईरहेको सिमेन्ट उद्योग हो ।

१४० मिलीयन अमेरिकी डलरमा निमार्ण भईरहेको उक्त उद्योगको पूर्ण रुपमा निमार्ण सम्पन्न भएपछि १००० भन्दा धेरै युवाले रोजगारी पाउनेछन् ।

तत्कालको लागि भने उद्योगले इन्जिनियर देखि दोभासेसम्मका लागि आवेदन आह्वान गरेको छ ।

इच्छुक र योग्य उम्मेदवारले अक्टोबर ८ भित्र बायोडाटा पठाइसक्नु पर्नेछ भने अक्टोबर १० देखि पहिलो चरणको अन्तर्वार्ता हुनेछ ।

कर्मचारीको कार्यक्षेत्र धादिङ जिल्ला रहनेछ ।