नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपान्तरित संसदले दूरगामी प्रभाव पार्ने निर्णय गर्न नमिल्ने बताएका छन् । उनले संविधान संशोधन विधेयकबारे प्रमुख प्रतिपक्षी दलसँग कुनै छलफल नगरिएकोले विधेयक पारित गर्न नदिने बताए ।

संसद् भवन नयाँ बानेश्वरमा आइतवार एमाले संसदीय दलको बैठकलाई सम्बोधनगर्दै अध्यक्ष ओलीले अहिलेको संशोधनले प्रदेशको अधिकार कटौती गर्ने, मुलुकको स्वतन्त्रता र अखण्डातामा असर गर्ने भएकोले एमालेले विरोध गर्नुपरेको बताएका हुन् ।

पिजन हलवाट थाहा पाउनु पर्ने ?

‘अहिलेको संशोधन पनि हामीसँग छलफल भएको छैन्, रातारात दर्ता गरिएको छ । मुलुकको सामाजिक राजनीतिक आन्दोलनको अग्रणी दल प्रमुख प्रतिपक्षले संशोधनवारे पिजन हलवाट थाहा पाउनु पर्ने ?’ ओलीले सरकारप्रति आक्रोश गरे ।

ओलीले संशोधनमा प्रदेशको अधिकार, भाषा, नागरिकता लगायत मूलुकलाई दूरुगामी असर गर्ने प्रावधान रहेकोले रुपान्तरित संसदले यो विधेयक पारित गर्न नमिल्ने बताए

कांग्रेस बुढो भएछ..

एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेस बुढो भइसकेकोले टाढा नदेख्ने र माओवादी केन्द्रले तत्कालको लाभहानी मात्र ख्याल गर्ने गरेको टिप्पणी गरे । ‘कांग्रेस भन्ने पार्टी बुढो भइसक्यो, धेरै टाढासम्म देख्न सकिदैन । दूरगामी बिषय उसले देख्दैन’ सत्तारुढ दलहरुप्रति आक्रोश व्यक्तगर्दै ओलीले भने, ‘माओवादी टाढा सोच्नै सक्दैन तत्कालको लाभ हानी मात्र हेर्छ ।’

गठबन्धन फुटाउने षडयन्त्र

ओलीले मुलुकको हित विपरितको संविधान संशोधन विधेयक असफल बनाउन डटेर सालिनता पूर्वक प्रतिवाद गर्ने बताए । सरकारले संविधान संशोधन पारित गर्न विपक्षी गठबन्धनका कतिपय दलका सांसदलाई मन्त्री पदको ललिपप देखाएर पार्टी फुटाउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

सरकारले विपक्षी गठबन्धनका दललाई संशोधनको पक्षमा ल्याउन मन्त्री पदको अफर गरेको बाहिर चर्चामा आएको थियो । यद्यपी ओलीले कुन पार्टी फुटाउन लागेको भन्नेबारे खुलाएनन । उनले वर्तमान सरकारले नैतिकता गुमाइसकेको जिकीर गरे ।

बैठकमा संसदीय दलका उपनेता सुवास नेम्वाङले संशोधन विधेयक दू्रतमार्गबाट पारित गर्न नमिल्ने भन्दै राज्य व्यबस्था समितिमा पठाउनु पर्ने बताएका एमाले सांसद चुडमणि विक जंगलीले लोकान्तरलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah