नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार अपराह्न बस्ने भएको छ। यसअघि सचिवालय बैठक सोमबार बिहान ९ बजे धुम्बाराहीमा बस्ने भनिए पनि १ बजेका लागि सारिएको हो। नेकपाको १८ मंरिमा बसेको सचिवालय बैठकले तल्लो कमिटीलाई उपनिर्वाचन परिणामको समीक्षा प्रतिवेदन माग गरेको थियो।

अबको सचिवालय बैठकमा पराजयको कारणबारे छलफल हुने नेताहरुले बताएका छन्।सोमबारको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउनेबारे समेत छलफल गर्नेछ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सचिवालय बैठकमा उठाउने एजेण्डाका बारेमा आइतबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालको प्रचण्डनिवास खुमलटारमा भेटवार्ता भएको थियो । नेता नेपाल बिहान खुमलटार पुगेका थिए ।