नेपाली सेनाले देशमा विकसित घटनाक्रमको समीक्षा गर्दै आवश्यक सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको छ ।
सैनिक मुख्यालय जंगीअड्डामा आइतबार राति बसेको पीएस ओजको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको समीक्षापछि सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । स्थानीय तहको निर्वाचनको नजिकिँदो मिति र सहमतिको निर्माण गर्न राजनीतिक दलबीच भइरहेको प्रयासबारे बैठकमा समीक्षा गरिएको थियो ।
प्रधानन्यायाधीशविरुद्ध आकस्मिक रुपमा संसद्मा दर्ता भएको महाभियोग प्रस्ताव, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिको राजीनामालगायत देशमा हाल विकसित घटनाक्रमको समीक्षा गर्न बसेको सेनाको उच्चस्तरको बैठकमा मुलुकको समग्र सुरक्षा चुनौतीको विश्लेषण गरिएको थियो ।



