काठमाडौं । शुक्रबारका लागि तय भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक स्थगित भएको छ ।

उपनिर्वाचनको समीक्षा, सङ्गठन सुदृढीकरण तथा स्थायी कमिटीको बैठकको कार्यसूची तयलगायत विषयमा छलफल गर्न बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताका कारण स्थगित भएको प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेकपा स्रोतकाअनुसार सचिवालयको बैठक शनिबार ११ बजेका लागि सारिएको छ।