काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे स्थायी कमिटी बैठक सकिएकाे छ ।

बैठकले अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन पारित गरेकाे छ । बैठकले सबै संगठनलाई १५ दिनभित्र पूर्णता दिइने निर्णय पनि गरेकाे छ । अमेरिकी परियाेजना सहयाेग (एमसीसी) का बारेमा भने पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठकाे भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एक साता अघिदेखि जारी बैठकमा राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, पार्टी केन्द्रीय कमिटीको आगामी बैठक, नेपाल–भारत सीमा समस्या समाधानलगायतका विषयमा सदस्यहरुले आफ्ना धारणा तथा सुझाव पेश गरेका थिए ।

पार्टीकाे केन्द्रीय समिति बैठक यही पुस २३ गतेका लागि बाेलाइएकाे छ ।