दमक — सडक सबैका लागि अनि सधैका लागि । तर यहि सडकको दुरुपयोग यतिसम्म भईरहेको छ कि भनिकन साध्यै पनि छैन ।
सडकमा हिड्दै गर्दा लाग्छ यो सडक ति ट्रिपर, ट्रयाक्टर चालकहरुको आफ्नै मात्र हो जस्तो । अनि त्यसमाथि नदिबाट ल्याईएको वालुवा अनि पानी तरर चुहिरहेको । समस्या आजदेखिको हैन । तर समाधानका लागि चासो कतैबाट देखाईएन ।
केहि हप्ता यता भने ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दिनेश अधिकारीको सक्रियतामा तारबारी ढाटमा पानी सरी वालुवा बोकेर आईरहेका सवारी साधनलाई रोकेर पानी तैर्याउन लगाएर छाडिने गरेको छ । ताराबारी ढाटमै चेक पोष्ट खडा गरिएको छ । सो चेकपोष्टको जिम्मेवारी सम्हाल्दै आएका ट्राफिक जवान सन्तोस पाण्डे आफु यो कार्यमा दिनरात खटिरहेको बताउछन् । दिनैपिच्छे जस्तो ट्रिपर र ट्रयाक्टरका चालकलाई उनी यसो नगर्न आग्र्ह गर्छन तर नानीदेखिको वानी कसले छाड्थ्यो र ?
एक त ति सवारी साधनबाट चुहिएको पानीले सडक जिर्ण बनाउछ अनि अर्कोतिर दुर्घटनाकोपनि खतरा उस्तै नै हुन्छ । तर यस तर्फ सोच्ने फुर्सद कहा छ ति ट्रयाक्टर र ट्रिपरका धनीहरुलाईपनि । कम्तीमा उनीहरुले आफ्ना चालकलाई सम्झाई बुझाई पठाए त यो समस्या आफै हल हुन्थ्यो होला ।
तरावारी ढाटका ट्राफिक जवान सन्तोष पाण्डे जवसम्म सवारी धनी सचेत हुदैनन् तबसम्म चालकले आफ्नो वानी नसुधार्ने बताउछन् । यस्तै भनाइ छ, दमकका ट्राफिक प्रमुख दिनेश अधिकारीको पनि । अधिकारी भन्छन्, यो ट्राफिक कराईराख्छ हामी आफ्नो वानी कहा छाड्छौ र भन्ने गलत मानसिकता परिवर्तन नभएसम्म समस्या उस्तै नै हुन्छ ।



