मुलुक स्थानीय तह निर्वाचनको सन्निकट पुग्दा मुलुकको शान्ति सुरक्षाको जिम्मा पाएको गृहमन्त्रालय नेतृत्व विहीन बनेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको बिरोधमा बिमलेन्द्र निधिले राजीनामा दिएपछि गृहप्रशासन राज्यमन्त्रीको जिम्मामा छ ।

निधिले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मा कसलाई दिने भनेर कांग्रेसमा सामान्य छलफल भएपनि निर्णयमा पुग्न सकेको छैन् । यसअघि उपप्रधानमन्त्रीले चलाएको राज्यमन्त्री इन्द्र बानियामार्फत नै काम चलाउने या नयाँ गृहमन्त्री पठाउने भन्ने बिषयमा सभापति शेरबहादुर देउवाले छलफल सुरु गरेका छन् ।

गृहमन्त्रीका लागि नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंहदेखि कृष्ण सिटौलासम्मको नाम चर्चामा छ । सरकारमा रहेका मन्त्रीमध्ये रक्षामन्त्री बालकृष्ण खाँण, अर्जुननरसिंह केसी वा रमेश लेखकलाई गृहमन्त्रालयको जिम्मा दिने बिषयमा समेत सभापति शेरबहादुर देउवाले छलफल गरिरहेका कांग्रेस स्रोतले बतायो । देउवाले भेगीय हिसावमा र वर्तमान सरकारमा उनको बलियो उपस्थिति कारण वर्तमान सरकारमा लेखकलाई पठाउन दउवा गम्भीर रहेको स्रोतको दाबी छ ।

मंगलवारसम्म पार्टी नेतृत्व स्थानीय तहका उम्मेदवार छनौटमा व्यस्त भएका कारण कांग्रेसले नयाँ गृहमन्त्रीको टुंगो लगाउन सकेको थिएन । केही नेताले भने अत्यन्त छोटो समय भएको भन्दै सरकारमा जान इच्छा देखाएका छैनन् ।

गच्छदारको समेत चासो

यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा जाने साइत कुरेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारसमेत गृहमन्त्री पाए सरकारमा जाने सुरमा छन् ।

प्रधानमन्त्री प्रचण्डले राप्रपाले छाडेको स्थानीय विकास मन्त्रालय लिएर सरकारमा जान प्रस्ताव गरेपछि गच्छदार गृहमन्त्रालय पाउनु पर्ने अडानमा छन् । गृहमन्त्रालय कांग्रेसको भागमा परेको भन्दै प्रचण्डले अरु नै मन्त्रालय लिन गच्छदारलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग गृहमन्त्रीको नाम सिफारिस गर्न आग्रह गरेका कांग्रेस स्रोतले बतायो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah