प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग फिर्ताको माग गर्दै नागरिक समाजका अगुवा सडकमा उत्रिएका हुन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र डा. गोविन्द केसीको नेतृत्वमा राजधानीमा भएको प्रदर्शन भएको हो प्रदर्शनपछि वसन्तपुरमा आयोजित सभामा ठूलो ग्राण्ड डिजाइनअन्तर्गत प्रधानन्यायाधीशविरूद्ध महाअभियोग लगाइएको उल्लेख गरे ।
प्रजातन्त्र आएको वर्षौंसम्म पनि मुलुकमा देउवातन्त्र, प्रचण्डतन्त्रको शिकार भएको आरोप केसीको थियो । केसीले एक महिना मात्र कार्यकाल बाँकी रहँदा महाअभियोग लगाएर काँग्रेस र माओवादी केन्द्रले कलंकको टीका लगाउने काम गरेको टिप्पणी गरे । केसीले कार्कीविरुद्धको महाअभियोग फिर्ता नभए आमरण अनसन बस्ने चेतावनी दिए ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायालय ढाल्ने प्रयास स्वरुप महाअभियोग लगाइएको उल्लेख गरे । श्रेष्ठले काँग्रेस र माओवादीका लागि ‘पाप धुरीबाट कराउने’ टिप्पणी गरे ।
मानवअधिकारकर्मी कृष्ण पहाडीले महाअभियोग फिर्ता नलिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले श्रापित जीवन बिताउनुपर्ने बताए । उनले प्रचण्ड र देउवालाई महाअभियोग फिर्ता नलिए उनीहरुले जनताले महाअभियोग लगाउने चेतावनी दिए ।



