काठमाडाैं/ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ ।शुक्रवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार चयन गरेको हो ।
राष्ट्रिय सभामा रिक्त भएका १९ पदमध्ये एउटा मनोनित गरिने छ भने १८ पदमा निर्वाचन हुँदैछ । १८ मध्ये २ सिट नेकपाले राष्ट्रिय जनता पार्टी (राजपा)का लागि छाडेको छ ।राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ ।
यी हुन् नेकपाले छानेका उम्मेदवार :
प्रदेश १ बाट इन्दु गौतम , गोपी अछामी र देवेन्द्र दाहाल तीन उम्मेदवार चयन गरिएको छ ।यस्तै प्रदेश २ बाट तुलसा दाहाल र राधेश्याम पासवान , प्रदेश ३ बाट गंगा बेलबासे र बेदुराम भुसाल, गण्डकी प्रदेशबाट नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने , प्रदेश ५ बाट विमला घिमिरे, जगप्रसाद शर्मा र गोपाल भट्टराई, कर्णाली प्रदेशबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा बिसी, सुदूरपश्चिम प्रदेशबाट तारामान स्वाँर र शारदा भट्टलाई उम्मेदवार बनाइएको छ ।










