काठमाडौं/ सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कमिटीको बैठकको मिति सरेको छ । आइतबार बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको बैठकको मिति परिवर्तन गरेको हो । यसकारण नेकपाकाे बैठक तीन साता पर सरकाे हाे ।
अब केन्द्रीय कमिटीको बैठक माघ १५ गतेबाट बस्ने नेकपाले जानकारी दिएको छ । यसअघि नेकपाले पुस २३ गतेदेखि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो ।










