झापामा बिप्लव माओबादीले भित्ते लेखनलाइ आक्रमक रुपमा अघि बढाएको छ भने प्रहरीले पक्राउ गरेर छाडेको छ । दमक नगरपालिका, कमल गाँउपालिका र शिवसतासी नगरपालिकाका बिभिन्न ठाँउहरुमा जनसरकार भन्दै भित्ते लेखनहरु भएकाछन् । साविक लनखपुर गाबिसको कार्यालयमा त गाँउ जनसरकारको कार्यालय लेखिएको छ ।
यसैबीच नेपाल कम्युनिस्ट पार्टीका नेता(कार्यकर्ताको घरघरमा प्रहरीले छापा मारेको छ । बुधबार मध्यराति प्रहरीले छापा मारेर तीन जना जिल्ला नेतालाई गिरफ्तार गरेको छ ।
चितवनको खैरेनी नगरपालिकामा प्रहरीले छापा मारेर जिल्ला नेता रघुविर,विराट र रोशनलाई मध्यराति सुतिरहेको बेला गिरफ्तार गरेको जिल्ला इन्चार्ज लालबहादुर बिसीले जानकारी दिए ।



