बिष्णुप्रसाद पोखरेल
दमक/महाअभियोग प्रस्ताव जसरी पनि आज संसदमा लैजाने पक्षमा सत्तारुढ दल र यसलाइ लैजान नदिने पक्षमा बिपक्षि दल रहेपछि आज बस्ने संसद बैठकमा लाप्पा पर्ने सम्भावाना देखिएको भन्दै संसद भवनको सुरक्षा ब्यवस्था कडा पारिएको बताइएको छ ।
महाअभियोग लगाएको ७ दिनभित्र जसरी पनि संसदमा पेश गर्नु पर्ने संबैधानिक रुपमा बाध्यत्मक अवस्था रहेको छ । नेकपा एमाले सहितका प्रमुख बिपक्षि दलको गठबन्धनले यसलाइ संसदमा पेश नै गर्न नदिएको अवस्थामा सो त उक्त महाअभियोग बिफल हुन सक्ने कतिपय बिश्लेषकहरुले बताएकाछन् ।
सभामुख ओन्सरी घर्ति मगर आज संसदमा जसरी पनि उक्त महाअभियोग प्रस्ताव टेवल गर्ने पक्षमा रहनु भएको छ । संसद भवन श्रोतका अनुसार महाअभियोग संसदमा पेश गर्नका लागि तयारी अवस्थामा रहेको छ । आजको पहिलो कार्यसूचि नै महाअभियोग प्रस्ताव रहने छ ।
अचम्मगरि आएको महाअभियोग प्रस्तावलाइ नेपालमा मात्र नभएर बिश्व समुदायमा चासो पूर्वक हेरिएको छ । प्रधानन्याधिशमाथि लगाइएको महाअभियोगले नेपालको राजनीतिक सन्तुलनमा नै उतारचढाव आएको देखिन्छ । राप्रपा सरकारबाट बाहिरिएर बिपक्षि मोर्चामा सामेल भइसकेको छ ।
महाअभियोग प्रस्ताव दूइतिहाइ मतले पारित गर्नु पर्ने भएकाले संसदमा सरकारले यो पुर्याउन सक्ने सम्भावाना कम छ । सत्तारुढ दलका शिर्ष नेताहरुले नै यसको बिरोध गर्दै बिपक्षमा मत जाहेर गर्ने बताइसकेकाछन् । सरकारको नेतृत्व गरेको माओबादी केन्द्रका नारायणकाजी श्रेष्ठ देखि लिएर नेपाली काँग्रेसकी नेतृ सुजता कोइराला सम्मले महाअभियोगको बिपक्षमा रहेको बताइसकेकाछन् ।
नेपाली संसदमा यसभन्दा अगाडि पनि लाप्पा नपरेको होइन । कुर्सि हानाहान देखि लिएर मुक्कामुक्की सम्म भएको थियो । त्यहि दृश्य फेरी दोहरिने सम्भावाना प्रवल बन्दै गएको देखिन्छ । सत्तारुढ पक्षले नै जबरजस्त रुपमा भिडन्त गराउन खोजेको बिपक्षि मोर्चाले संयुक्त रुपमा बताइसकेकाछन् ।



