अनलाइन जागिर खोज्नेहरूका लागि आस्क मी भर्चुअल जब फेयरले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख सहकार्यमा अनलाइन जब संचालन गर्ने भएको छ ।

आस्क मी म्यानेजमेन्टले यहि जनवरी २९ र ३० मा अनलाईन जब संचालन गर्ने भएको हो ।

कम्पनीकी व्यवस्थापकीय निर्देशक अर्चना कुवंर क्षेत्रीका अनुसार यो नेपालका लागि बिल्कुलौ नयाँ अवधारणा हो ।

यस जब फेयरमा कम्तीमा जागिर खोज्नेमध्ये १ लाखले अनलाइन प्ल्याटफर्म भिजिट गर्ने लक्ष्य लिइएको कुरा उनी बताउँछिन् ।

साथसाथै १ सय भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्ने लक्ष्य लिइएको छ । यस्मा इसेवा, फोनपे जस्ता कम्पनिहरुले पनि सहकार्य गरेका छन् ।

यदि कुनै पनि कम्पनीले यस प्ल्याटफर्ममा अनलाइन स्टल राख्न चाहेमा कम्पनीको वेबसाइटमा गएर राख्न सकिन्छ ।

देशभरिका मानिसहरुले एकै साथ यो प्ल्याटफर्ममा गई सुहाउँदो जागिरका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय