प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधान्यायाधीशमाथिको महाभियोग झुठो प्रमाणित भएको बताउनु भएको छ ।
पार्टीका उम्मेदावसँग शुक्रबार भएको परिचयात्मक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश माथिको महाभियोग झुठो रहेको भएको भन्ने पुष्टी सर्वोच्चकै फैसलाले गरेको बताउनु भयो । सत्तापक्षले निहीत स्वार्थमा महाभियोग दर्ता गराएको भन्दै केही उद्देश्य पूरा भएको आरोप उहाँको आरोप थियो । ओलीले भन्नुभयो,‘कतिपय हामीलाई पनि चित्त बुझेको छैन,’ ‘तर हामीले महाभियोग लगाएका छैनौ ।’महाभियोग दर्ताले केहि नबिग्रेको उल्लेख गर्दै महाभियोग फिर्ता लिन आग्रह गर्नुभयो ।
यसैबीच प्रधानन्यायधिश शुसीला कार्कीलाई काममा फर्किन दिएको अन्तरिम आदेशको नेकपा एमालेले स्वागत गरेको छ । नेकपा एमालेका सचिव योगेश भट्टराईले सर्वाेच्चकाे आदेशपछि प्रतिक्रिया दिदै पुष्पकमल दाहाल नेतृत्वको सरकार नैतिक संकटमा परेको बताउनुभयो ।
सचिव भट्टराईले सर्बोच्चको यो निर्णयले सत्तारुढ दलहरुलाई नराम्रो झापट हानेको बताउनुभयो । उहाँले थप्नुभयो – अब सर्बोच्चको निर्णयपछि प्रधानमन्त्री प्रचण्डले सोच्नुपर्छ कि पदमा बसी रहने की नरहने ? यो गम्भिर प्रश्न प्रधानमन्त्री माथि उब्जिएको छ । साथै प्रधानन्यायाधीश कार्की सर्बोच्च अदालतमा फर्किेने आदेशले यो सत्ता गठबन्दनको असफलता र पराजय शुरु भएको संकेत गरेको छ । साथै सत्तागठबन्धनको निर्लज्जतालाई समेत प्रकट गरेको छ ।
सचिव भट्टराईले प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउने सरकारको कदम नै धुन्धुकारी भएको बताउदै त्यसका बिरुद्ध नेकपा एमाले लगायतका दलहरु, नागरिक समाज, बुद्धीजिवीहरु एकताबद्ध भएको उल्लेख गर्नुभयो । “सत्तारुढ दलको यो कदम असंवैधानिक भएकोले सच्याउनु पर्दथ्र्यो । नेकपा एमाले लगायतका दलहरुले यो प्रस्ताव फिर्ता लिन सरकारलाई दवाब पनि दिएका थिए । तर सरकारले सुरक्षित बाटो अपनाएन जसले गर्दा सर्बोच्चको निर्णयपछि सरकार धरापमा परेको छ । ” भट्टराईले भन्नुभयाे ।



