काठमाडौं : सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका विषयमा छलफल गर्न शनिबार पनि प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवा जुटेका छन्। अहिले प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ।

आजै यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते गठन गरिएको सर्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ । उक्त समितिले राजनीतिक सहमति पर्खेर बसेकाले आज वालुवाटरको ओली, प्रचण्ड र देउवाको छलफलले नाम सिफारिस गर्दैछ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्रोतका अनुसार सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्दैछन् । उनी कांग्रेसको सिफारिसमा आयोग अध्यष हुन लागेका हुन् । वेपत्तामा भने सुवास नेम्वाङको सिफारिसमा सर्वाच्चका एक पूर्वन्यायधीशको नाम सिफारिस हुने स्रोतले जनाएको छ ।

शुक्रबारको बैठकमा नेकपाले ३ र कांग्रेसले १ समिति सदस्य लिनेकी दुवै पार्टीले २÷२ जना लिने भन्नेमा कुरा मिलेको थिएन।

शनिबारको बैठकमा यो विषयमा सहमति जुटाएर नाम टुग्याउने तयारी छ। त्यसपछि सिफारिस समितिले बैठक बसेर क्याविनेटमा सिफारिस पठाउने छ । मन्त्रिपरिषदले अनुमोदन गरेपछि आयोग गठन हुनेछ।

शनिबारको बालुवाटार वैठकमा पनि शुक्रबार सहभागी नेताहरु नै सहभागी रहेको बाजुवाटार स्रोतले जनाएको छ।

कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, नेकपाबाट सुवास नेम्बाङ र खिमलाल देवकोटा सहभागी छन्।

नाम सिफारिसका लागि शुक्रबार नै साँझ ५ बजे बैठक बस्ने गरी बिहानको बैठक सकिएको थियो । तर साँझ बैठक नगरी शनिबार बिहान बोलाइएको थियो।

टिआरसीको ऐन संसोधनका विषयमा पनि दलहरुबीच सहमति छ। आन्नपुर्ण पोस्ट बाट