दमक/कुमार लिङ्देनसंग असहमति जनाउदै बनेको नयाँ पार्टी संघीय लिम्बुवान पार्टी नेपाल फेरी पनि फूटेको छ । संगठन बिस्तार तथा सदस्यता बितरण गर्दै गरेका फोटा दिनहु सामाजिक सञ्जालमा हाल्दै आएका पार्टीका महासचिब प्रेमदिप थाम्सुहाङलाइ नै कार्वाही गरेको पाईएको छ । तर थाम्सुहाङ सहितको असन्तुष्ट पक्षले कार्वाहीलाइ अस्वीकार गरेको छ ।
पार्टीको नीति बिपरित गएकाले पार्टीको सुरक्षा र स्वयं थाम्सुहाङको सुरक्षाका लागि नै कार्वाही गर्नु परेको अध्यक्ष सन्जुहाङ पालुङ्वा र अर्का महासचिब सूर्य माखिमले प्रेस बिज्ञप्ति जारी गरेर बताएकाछन् । थाम्सुहाङले आफूखुसि अबैधानिक रुपमा केन्द्रिय समितिको बैठक बोलाएको र निर्वाचन सम्बन्धिका बिभिन्न उपसमितिहरु बनाएको आरोप लगाइएको छ । यसले पार्टी पदाधिकारी र केन्द्रिय सदस्यहरु नै अन्योलमा परेकाछन् । कार्वाही पक्षधरको आजै आफ्नो आधिकारी भनाइ ल्याउने तयारी भइरहेको श्रोतको भनाइ रहेको छ ।



