काठमाडौं/ प्रतिनिधिसभा सभामुख निर्वाचनका लागि  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अग्नि सापकोटाले मनोनयन दर्ता गराएका छन्। मंगलबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर नेता सापकोटाले मनोनयन दर्ता गराएका हुन्।

सभामुखमा सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा ओनसरी घर्तीमगर, लक्ष्मण लाल कर्ण  र देव गुरुङ रहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सभामुख पदका लागि माघ १२ गते निर्वाचन हुँदैछ।