राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवारहरू विजयी भएका छन्।

बिहीबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएको निर्वाचन समितिले जनाएको छ।

दलिततर्फका सदस्यमा निर्वाचित अच्छामी ६ हजार ३ सय ३० मतभारसहित विजयी हुँदा उनका प्रतिस्पर्धी नेपानी कांग्रेसका निरबहादुर विकले २७ सय १८ पाए।

महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाइन्।

त्यसैगरी, अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ मत पाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय