भारतीय फिल्म बाहुबली–२ ले भारतमा मात्र होइन नेपालमा पनि धमाका मच्चाएको छ । फिल्म चलेको दोस्रो हप्ता हुँदा यसले भारतीय फिल्मका सवै रेकर्डहरुमात्र तोडेन नयाँ रेकर्डहरुसमेत राखेको छ ।  नेपाली सिनेमा हलहरुमा पनि बाहुबली–२ ले राम्रो व्यापार गरेको छ ।  फिल्मको व्यापक चर्चाकाबीच पूर्व राजपरिवारसमेत फिल्म हलमा पुगेका छन् र बाहुबली–२ को मजा लिएका छन् ।

पूर्वराजपरिवारका सदस्यहरुले हिजो(शुक्रबार) साँझ साढे ५ बजेको सोमा काठमाडौं सुन्धारमा रहेको सिटिसी मलको सिने डाइन हलमा फिल्म हेरेका सिनेमा टाइम्सले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

फिल्म हेर्नका लागि पूर्व रानी कोमलसहित बुहारी पूर्व युवराज्ञी हिमानी शाह तथा उनका छोरा छोरी हलमा पुगेको हलमा म्यानेजर विकेश बस्नेतले जाकारी दिए । फिल्म हेर्नका लागि १७ वटा टिकट खरिद गरेको उनले बताए ।

चलचित्र बाहुबली–२ यसअघिको चलचित्र बाहुबलीको सिक्वेल हो । फिल्मले विश्वभरका ९ हजार पर्दामा प्रदर्शन अनुमति पाएको छ भने करिब १ सय करोड कमाउन लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कटप्पाले पहिलो भागमा बाहुबलीलाई मारेसँगै टुंगिएको फिल्ममा धेरैले बाहुबलीलाई कटप्पाले मार्नुको कारण पत्तालगाउन चाहेको बताउँने गरेका छन् ।