बिष्णुप्रसाद पोखरेल
दमक/कुमार लिङ्देनसंग असहमति जनाउदै बनेको नयाँ पार्टी संघीय लिम्बुवान पार्टी नेपाल फेरी पनि फूटेको छ । संगठन बिस्तार तथा सदस्यता बितरण गर्दै गरेका फोटा दिनहु सामाजिक सञ्जालमा हाल्दै आएका पार्टीका महासचिब प्रेमदिप थाम्सुहाङलाइ नै पार्टी अध्यक्ष अध्यक्ष सन्जुहाङ पालुङ्वा र अर्का महासचिब सूर्य माखिमले कार्वाही गरेको सार्वजनिक गरेपछि तत्काल बहुमत सहित बसेको बैठकले थाम्सुहाङको कार्वाही खारेज गर्दै उल्टै अध्यक्ष पालुङ्वा र महासचिब माखिमलाइ नै पार्टीबाट बर्खास्ती गरेको हो ।

शनिबार दमकमा बसेको बहुमत सहितको केन्द्रिय समिति बैठकले थाम्सुहाङलाइ  कार्वाही नभएको र अध्यक्षले बिधानको धज्जि उडाएको र त्यसमा महासचिब माखिमले सहयोग गरेको आरोप लगाएको छ । अध्यक्षलाई ५ महिनाको निलम्बन र माखिमलाइ सबै पदबाट मुक्त गरिएको सह अध्यक्ष खगेन्द्र माखिमले बताएकाछन् । कार्वाही संगै अब पार्टी फूटेको जनाइन्छ । अध्यक्षलाइ १३ वटा बुदामा गम्भिर रुपमा आरोप लगाउदै असक्षम भनेर औल्याईएको छ ।

कार्वाहीको मुख्य बुदामा भनिएको छ–‘विभिन्न कारण र प्रमाणले पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा पार्टी अध्यक्षको रुपमा जिम्मेवारी बहन गर्न पार्टी विधानको धारा ४५ (क) अनुसार असक्षम भएको प्रमाणित हुन्छ । यसर्थ, यो पूर्ण बैठकले विधानको धारा ४५ (क) र (ख) अनुसार ६ महिना पदबाट निलम्बन गर्ने निर्णय बैठकको सर्वसम्मतिले पारित गरिएको छ । र पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वाको मतियार तथा कारिन्दा बनी पार्टीको विधि, विधान, पार्टी निर्णय विपरित तथा अनुशासनहीन कार्यमा प्रत्यक्ष सहयोग गरेको र पार्टीलाई ध्वस्त पार्न घृणित कार्य गरेकाले महासचिव सूर्य ब. माखिम समेतलाई यो पूर्ण बैठकले विधानको धारा ४५ अनुसार संघीय लिम्बुवान पार्टी, नेपालको महासचिव पदबाट पदमुक्त गरिएको छ ।’

२०७३ असोज ४ गतेदेखि ८ गतेसम्म दमकमा लिम्बुवान एकताको प्रथम महाधिवेशन सम्पन्न गरेको भनिदै आएको थियो । महाधिवेशनबाट सन्जुहाङ पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरिएको थियो । बैठकपछि जारी बिज्ञप्तिमा पालुङ्वामा पुरानै चिन्तन र नेतृत्वशैलीमा कुनै परिवर्तन नदेखिएको, समय र परिस्थिति अनुसार रुपान्तरण हुन नसक्ने नेतृत्व वर्गबाट लिम्बुवानको मुक्ति त के पार्टी संस्थागत सम्म नहुने निश्चित हुदै गएकाले कार्वाही गरिएको भनिएको छ । अध्यक्षले गर्दै आएको कामको जिम्मेवारी सह अध्यक्ष खगेन्द्र माखिमले पाएकाछन् । सूर्य माखिमको जिम्मेवारी कार्वाही गरिएका भनिएका प्रेमदीप थाम्सुहाङ्गले लिएकाछन् ।

यस्तो छ बैठकपछि निर्णय सार्वजनिक गरेको बिज्ञप्ति जस्ताको त्यस्तै

प्रेस–विज्ञप्ति
मितिः २०७४ बैशाख २३

गोरखाली आन्तरिक उपनिवेशविरुद्ध लिम्बुवानले लामो समयदेखि निरन्तर विद्रोह गर्दैआएको छ । यसैक्रममा विगत ११ वर्षदेखि लिम्बुवान आन्दोलनले उचाइ लिंदै आए पनि अपेक्षाकृत लक्ष्य प्राप्त गर्न सकेन । यसो हुनुमा पार्टी अन्तरद्वन्द्वमा फस्नु नै मूल कारण हो । लिम्बुवान प्राप्तिको एकमात्र लक्ष्य लिई स्थापना गरिएको संगठन नेतृत्व वर्गको निहित स्वार्थ, सङ्कीर्णता, स्वेच्छाचारिता, व्यक्तिवादी चरित्र र एकल निर्णयका कारण छिन्नभिन्न हुनपुग्यो । परिणामतः संगठन कमजोर मात्र भएन आन्दोलन नै निस्तेज बन्न पुग्यो । छरिएर गरिने आन्दोलनले विगत अढाइसय वर्षदेखि जकडिएर रहेको नश्लीय राज्यसत्ताको जग हल्लाउन नसकिने वस्तुगत यथार्थतालाई आम लिम्बुवानबासी जनता, नेतृत्व कार्यकर्ता र बौद्धिक वर्गको ठहर भयो । त्यसैले, अलग थलग रहेका लिम्बुवान पक्षधर संगठनहरूलाई एकढिक्का बनाई दबावमुलक आन्दोलनको माध्यमबाट संविधानसभाबाटै लिम्बुवान सुनिश्चित गराउनका लागि सर्वपक्षीय बृहत्तर लिम्बुवान एकताको पहल भयो । फलस्वरुप, पाँच लिम्बुवान पक्षधर संगठनहरूबीच एकता गरी संघीय लिम्बुवान पार्टी, नेपालको पुनर्जन्म भयो । तर, नेतृत्व वर्गको व्यक्तिगत स्वार्थ र अनिच्छाका कारण एकीकृत पार्टीले गति लिन सकेन । अनेकन कृत्रिम विवाद र झिनामसिना समस्याहरू खडा गर्दै पार्टीलाई डेडलक गरियो । नेतृत्व झन निरङ्कुश, स्वेच्छाचारी, एकल निर्णय, व्यक्तिवादी चरित्रबाट गुज्रिन पुगे र अन्ततः अध्यक्ष कुमार लिङ्देन आपैंm एकीकृत पार्टीबाट बाहिरिए । अध्यक्ष आपैंmले पार्टी फोडेर हिँडेपछि संलिपा, नेपाल नेतृत्वविहीन बन्न पुग्यो । तथापि, हामीले पार्टीलाई यस्तो सङ्गीन घडीबाट बचाएर भेडेटारको बृहत् लिम्बुवान एकतालाई अक्षुुण्ण राख्दै २०७३ असोज ४–८ सम्म दमकमा लिम्बुवान एकताको प्रथम महाधिवेशन सम्पन्न ग¥यौं । महाधिवेशनबाट सन्जुहाङ पालुङ्वालाई अध्यक्षमा निर्वाचित गरियो । तर, सन्जुहाङ पालुङ्वामा पुरानै चिन्तन र नेतृत्वशैलीमा कुनै परिवर्तन देखिएन । समय र परिस्थिति अनुसार रुपान्तरण हुन नसक्ने नेतृत्व वर्गबाट लिम्बुवानको मुक्ति त के पार्टी संस्थागत सम्म नहुने निश्चित हुदै गयो ।
यसै सन्दर्भमा आज मिति २०७४ वैशाख २३ गते संघीय लिम्बुवान पार्टी, नेपालको चौथो केन्द्रीय समितिको बैठकमा अध्यक्षज्यु अनुपस्थित हुनु भएपछि पार्टीको विधान बमोजिम सह–अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षतामा पार्टी केन्द्रीय समितिको बहुमत सदस्यहरुको उपस्थितिमा बैठक सम्पन्न भयो । र बैठकमा भएका निर्णयहरु निम्ननुसार सार्वजानिक गर्दछौं ।
१.संघीय लिम्बुवान पार्टी, नेपालको प्रथम एकताको महाधिवेशन पश्चात अध्यक्ष सन्जुहाङ पालुङ्वाले पार्टी हित विपरीत निम्न क्रियाकलाप गरेको ठहर गरियो ः
१.१ संघीय लिम्बुवान पार्टी, नेपालको २०७३ असोज ४–८ मा सम्पन्न प्रथम एकताको महाधिवेशनबाट सञ्जुहाङ पालुङ्वाले आफू अध्यक्ष भएपछि भेडेटारमा सम्पन्न एकीकृत पार्टीको मुल्य–मान्यता विपरीत कार्य गरेको र संगठनलाई पार्टी पद्धतिमा सञ्चालन नगरेको । र गुटबन्दी गरेको ।
१.२ संघीय लिम्बुवान पार्टी, नेपालको केन्द्रीय कार्यालयमा प्रथम एकताको महाधिवेशनपछि करिब ८ महिनामा २ पल्टमात्र अध्यक्ष उपस्थित् भएको र पार्टीको गतिविधिलाई आफ्नै घरमा सिमित राखी थन्काउने अराजनीतिक कार्य गरेको । पार्टीभित्र आफ्नो गुट परिचालन गरी प्रतिपक्षजस्तो भएर पार्टीको केन्द्रीय कार्यलयभन्दा बाहिर समानान्तर साङ्गठानिक गतिविधि गरिरहेको ।
१.३ संघीय लिम्बुवान पार्टी, नेपालको २०७३ असोज ४–८ मा सम्पन्न प्रथम एकता महाधिवेशनमा लागेको ऋण चुक्ता गर्ने तथा अन्य कुनै पनि खालको सांगठानिक आर्थिक दायित्व पूरा नगरेको ।
१.४ संघीय लिम्बुवान पार्टी, नेपालको प्रथम एकताको महाधिवेशनबाट पारित विधान तथा घोषणा–पत्र प्रकाशन गर्ने जिम्मा आफैले लिन्छु भनेर जिम्मा लिएको ८ महिनामा बितिसक्दा पनि विधान प्रकाशन गर्ने कुनै पहल नगरेको ।
१.५ संघीय लिम्बुवान पार्टी, नेपालको पृष्ठभूमिमा लिम्बुवान पार्टीलाई भङ्ग गराई नेपाल इण्डिजिनस् पार्टी नामक छुट्दै दल निर्माण गर्नका लागि अमुक समूहलाई साथ दिँदै आर्थिक–राजनीतिक विचौलियाहरूलाई संरक्षण गरेको । लिम्बुवान पार्टीलाई इण्डिजिनस् पार्टीमा बिलय गराउन योजनावद्ध रुपमा भइरहेको षडयन्त्रपूर्ण कार्यमा साथ दिएको ।
१.६ पार्टीको भ्रातृ संगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम एकताको महाधिवेशन सम्पन्न गर्नका लागि तोकिएको संयोजक र बन्दसत्रमा गठित निर्वाचन मण्डलका ३ जनामध्ये २ जना महिला सदस्यले धाँधली भएको भन्दै लिखित निवेदन पार्टी केन्द्रीय समितिमा दिई विरोध जनाएका थिए । तर, पार्टी केन्द्रलाई कुनै जानकारी नै नगराई एकलौटी रुपमा त्यो पनि पार्टीकै पूर्व सर्वोच्च नेता कमल छाराहाङको देहावसान भई वहाँको दाहसंस्कार तमोर नदीमा भइरहेको समयमा उक्त विवादित महिला समूहहरूलाई वैधानिकता दिने नाममा फूलमाला, अविरजात्रा गरी संवेदनहीन कार्य गर्न अनुमति दिएको ।
१.७ पार्टीको कुनै आधिकारिक निर्णय नै विना पार्टी केन्द्रीय उपाध्यक्ष, महासचिव, विभागीय सदस्य तथा केन्द्रीय सदस्यहरू नियुक्त गरी स्वेच्छाचारी तथा अराजनीतिक कार्य गरी पार्टीको मुल्य मान्यताको धज्जी उडाएको ।
१.८ पार्टीको निर्णय बाहिर गएर परिपत्र गर्ने, प्रेस विज्ञप्ती प्रकाशन गर्नेजस्ता पार्टी हित विपरीत क्रियाकलाप गरेको र पार्टीको कुनै निर्णयविना मोर्चा निर्माण लगायतका विभिन्न कार्यकलापहरू गरेको ।
१.९ पार्टी अध्यक्षमा सामन्ती चरित्र, आत्मकेन्द्रित व्यवहार, व्यक्तिवादी सोच र चरम स्वार्थकेन्द्रीत् प्रवृत्ति हावी भई त्यस्तै प्रवृत्तिका नेतृत्व तथा कार्यकर्ताहरूसँग अराजनीतिक साँठगाँठ गरी गैर–सांगठानिक कार्य गरेको ।
१.१० पार्टीको नीति तथा कार्यसञ्चालन विधि सामूहिक नेतृत्व र सामूहिक निर्णयमा आधारित रहेकोमा अध्यक्षले एकल नेतृत्व, एकल निर्णय गर्दै कथित् इण्डिजिनस पार्टीका अमुक संदिग्ध व्यक्तिहरूको कारिन्दा भई कार्य गरेको ।
१.११ संघीय लिम्बुवान पार्टी, नेपालको २०७३ असोज ४–८ मा सम्पन्न प्रथम एकताको महाधिवेशन पश्चात पार्टीलाई संस्थागत गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई नेतृत्व, व्यवस्थापन र सञ्चालन गर्न कुनै पहलकदमी नलिएको ।
१.१२ संघीय लिम्बुवान पार्टी, नेपालको २०७३ असोज ४–८ मा सम्पन्न प्रथम एकताको महाधिवेशनबाट पारित भएको कार्यदिशा, कार्यक्रम विपरित कार्य गरेको । लिम्बुवान एकताको मर्म, प्रथम महाधिवेशनको मुल्य मान्यता, लिम्बुवानी बुद्धिजीवि, पार्टीको केन्द्रीय समिति, पदाधिकारी आदिको अवहेलना गरेको ।
१.१३ पार्टीको नियमित तथा पूर्ण बैठक नराखेको । पार्टीले लिनु पर्ने महत्वपूर्ण निर्णयहरू गर्न तथा पार्टीभित्र विभिन्न गम्भीर सवालहरू उठ्दा पनि त्यसलाई बैठक र छलफलमार्पmत समाधान गर्न बैठक नराखेको । पार्टीका २५ प्रतिशतभन्दा बढी ४० प्रतिशत ४१ जना केन्द्रीय समिति सदस्यले हस्ताक्षर गरी पार्टी, विधानको  धारा ३८ (क) १ अनुसार हस्ताक्षर गरी २०७४ बैशाख १ गते केन्द्रीय समितिको बैठक बोलाउन अध्यक्षसमक्ष प्रत्यक्ष पेशगरी माग गरिएको १५ दिन बित्दा पनि बैठक बोलाउने कुनै पहलसमेत नगरेको । अध्यक्षले आफू एक व्यक्तिलाई नै समग्र पार्टी सम्झँदै संगठनभित्र पूर्वाग्रही ढङ्गले कार्य गरेको ।
उपरोक्त विविन्न कारण र प्रमाणले पार्टीका अध्यक्ष सञ्जुहाङ पालुङ्वा पार्टी अध्यक्षको रुपमा जिम्मेवारी बहन गर्न पार्टी विधानको धारा ४५ (क) अनुसार असक्षम भएको प्रमाणित हुन्छ । यसर्थ, यो पूर्ण बैठकले विधानको धारा ४५ (क) र (ख) अनुसार ६ महिना पदबाट निलम्बन गर्ने निर्णय बैठकको सर्वसम्मतिले पारित गरिएको छ । र पार्टी अध्यक्ष सञ्जुहाङ पालुङ्वाको मतियार तथा कारिन्दा बनी पार्टीको विधि, विधान, पार्टी निर्णय विपरित तथा अनुशासनहीन कार्यमा प्रत्यक्ष सहयोग गरेको र पार्टीलाई ध्वस्त पार्न घृणित कार्य गरेकाले महासचिव सूर्य ब. माखिम समेतलाई यो पूर्ण बैठकले विधानको धारा ४५ अनुसार संघीय लिम्बुवान पार्टी, नेपालको महासचिव पदबाट पदमुक्त गरिएको छ ।
साथै, निलम्बित अध्यक्षको रिक्त पदमा पार्टीको विधान अनुसार पार्टीका सह–अध्यक्ष खगेन्द्र माखिमलाई अध्यक्षको सम्पूर्ण जिम्मेवारी दिने समेत यही बैठकको सर्वसम्मतिले निर्णय गरेको छ ।
२. हामी लिम्बुवानका एकता पक्षधरहरू हौं । लिम्बुवान राज्य सुनिश्चित गर्न लिम्बुवान राज्यको लागि गठित दल तथा नेतृत्व र कार्यकर्ताहरू एक हुनुपर्छ भन्ने मान्यता राख्दछौं । हाम्रो इमान्दार प्रयत्नबाट भेडेटारमा मिति २०७१ श्रावण १९ गते लिम्बुवान पक्षधर पार्टीहरूबीच एकता सम्पन्न भयो । विभिन्न लिम्बुवान पक्षधर पार्टीहरूको एकता चाहनु भनेको सिङ्गो मुलुकको सन्दर्भमा पहिचानवादीहरूबीचको एकता चाहनु हो । अब लिम्बुवान राज्य प्राप्तिका लागि कि त राज्य सत्तालाई झुकाउने सशक्त संघर्ष गर्न सक्नुपर्ने हुन्छ या त पहिचानवादीहरूसँगको बृहत्तर एकता कायम गर्दै दर्बिलो शक्ति भएर अघि बढ्नु पर्ने अवस्था आएको छ । यसकारण, लिम्बुवान राज्य प्राप्तिलाई केन्द्रमा राख्दै संघीय लिम्बुवान पार्टी, नेपालले सम्मानजनक एकताको लागि पहिचानवादी पार्टीहरूसँग वार्ता गर्ने निर्णय गरिएको छ । यसका लागि ३ सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ ।
संयोजकः खगेन्द्र माखिम, सदस्यः दिपक मेन्याङ्बो र सदस्यः सरस्वता सिङ्घक ।
३. संघीय लिम्बुवान पार्टी, नेपालको माइन्युट लेख्ने, निर्णय सर्कुलर गर्ने, पत्राचार गर्ने, प्रेस–विज्ञप्ति लेख्ने र प्रकाशन गर्ने लगायतका पार्टीको आधिकारिक धारणा सम्प्रेषण गर्ने जिम्मेवारी आजको बैठकबाट महासचिव प्रेमदीप थाम्सुहाङ लाई दिने निर्णय गरिएको छ ।
४.संघीय लिम्बुवान पार्टी, नेपालको मिति २०७३ कात्तिक २२ र २३  गते सम्पन्न पार्टीको प्रथम पूर्ण बैठकको निर्णय अनुसार निर्वाचन आयोगमा पार्टीको तर्फबाट आधिकारिक प्रतिनिधित्वको लागि पार्टीका सह–अध्यक्ष खगेन्द्र माखिमलाई जिम्मेवारी तोकिएको थियो । यो बैठकबाट पुनः उहाँलाई नै सो जिम्मेवारी दिने निर्णय गरिएको छ ।
५. मिति २०७३ चैत्र ७ गते करिव १७ जना अमुक सदस्यहरू संघीय लिम्बुवान पार्टी, नेपालमा प्रवेश भई विभिन्न महत्वपूर्ण पदहरू दिइएको अपुष्ट खबर आएको छ । तर, संघीय लिम्बुवान पार्टी, नेपालको केन्द्रीय कार्यलयमा आधिकारिक जानकारी आएको छैन । सोबारे पार्टीमा आधिकारिक रुपमा जानकारी प्राप्त भएपछि पार्टीले बैठकको विषय बनाउने छ ।
६.संघीय लिम्बुवान पार्टी, नेपालको जनसंगठन संघीय लिम्बुवान महिला परिषद्को प्रथम एकताको अधिवेशन मिति २०७३ फागुन ७ गते उद्घाटन भएको थियो । उद्घाटनसंगै भएको बन्दसत्र, विवाद भएपछि विना निष्कर्ष टुङ्गिएको थियो । सो बन्दसत्रलाई निरन्तरता दिँदै मिति २०७३ चैत्र १४ गते दमकमा एक भव्य कार्यक्रमका साथ महिला नेतृ सरकुमारी आठपहरियाको अध्यक्षतामा संघीय लिम्बुवान महिला परिषद् गठन गर्दै प्रथम एकताको अधिवेशन सम्पन्न भएको छ । संघीय लिम्बुवान पार्टी, नेपालको यो चौंथो पूर्ण बैठकले सोही समितिलाई वैधानिक ठहर गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछ । र संघीय लिम्बुवान महिला परिषद्को प्रथम एकताको अधिवेशन सम्पन्न गर्न संघीय लिम्बुवान पार्टी, नेपालको बैठकले पार्टीका उपाध्यक्ष सरु सिंघक ज्युलाई संयोजक तोकेको थियो । पार्टीको आजको बैठकले पार्टीका उपाध्यक्ष सरु सिंघक ज्युलाई धन्यवाद व्यक्त गर्दछ ।
७.सलिपानेको साङ्गठानिक निर्माण, विस्तार र कार्यक्रमहरू गर्न निम्नानुसार संयोजकहरू तोकी जिम्मेवारी बाँडफाँड गरिएको छः
झापाः     पे्रमदीप थाम्सुहाङ, मोरङः गजेन्द्र लावती, सुनसरीः दीपक मेन्याङ्बो, धनकुटाः जेन्टल लावती, पाँचथरः दिलेन्द्र कुरुम्बाङ, इलामः टुपेन्द्र एक्तेन, ताप्लिजोङः सरस्वता सिङ्घक, तेह्रथुम् ः डिबी आङ्बुङ, संखुवासभाः बाङ्गाई धिमाल ।
८.संघीय लिम्बुवान पार्टी, नेपाल लिम्बुवान राज्य प्राप्तिको लागि स्थापित पार्टी हो । लिम्बुवान राज्य प्राप्तिका लागि लिम्बुवान आन्दोलनको रुपमा स्थानीय निकाय लगायतका निर्वाचनहरूलाई रणनीतिक रुपमा उपयोग गर्ने र सोका लागि एकल या मुद्दा मिल्ने दुई वा सोभन्दा बढी दलहरूसँग तालमेल गरी एउटै चुनाव चिन्ह लिई चुनाव लड्न सकिने समेत निर्णय गरियो ।
९. मिति २०७३ चैत्र ८ गते पार्टीका महासचिव प्रेमदीप थाम्सुहाङलाई अध्यक्षज्युबाट प्रेसित स्पष्टीकरण–पत्र र मिति २०७४ बैशाख २२ गते गरिएको कथित कार्वाही बारेमा छलफल गर्दा संघीय लिम्बुवान पार्टी, नेपालको आधिकारिक पूर्ण बैठकले हालसम्म कसैलाई स्पष्टीकरण सोध्ने र कार्वाही गर्ने निर्णय गरेको छैन र नेताहरूबीच यस्तो कुनै भद्र सहमति पनि भएको छैन । यसकारण, महासचिव प्रेमदिप थाम्सुहाङको नाममा प्रेसित स्पष्टकीरण–पत्र र कार्वाही गरिएको भनिएको कथित् विज्ञप्ती पदीय दुरुपयोग गरी व्यक्तिगत रिसईबी साँध्ने उद्देश्यले प्रेरितमात्र भएको ठहर गर्दै यो बैठक सो कार्वाही पत्र पार्टीको आधिकारिक पत्र नभएको र अवैधानिक भएको निर्णय गर्दछ ।
१०.मिति २०७३ चैत्र १० गते आईएलओ ९क्ष्ीइ० र यूएनड्रिप ९ग्ल्म्च्क्ष्ए० को हवाला दिँदै सोकै अवमुल्यन हुनेगरी पार्टीको नामबाट जारी भएको अनाधीकृत प्रेस विज्ञप्तीको सम्बन्धमा गम्भीर ध्यानाकर्षन भएको छ । साथै,  विज्ञप्ति तथा आर्थिक चन्दा माग गर्नका लागि प्रेसित कुनै पनि पत्रहरू पार्टीको आधिकारिक निर्णय विना गुटगत तथा व्यक्तिगत आर्थिक लाभ प्राप्त गर्नका लागि मात्र भएको ठहर गर्दै यस्तो आर्थिक चन्दा उठाउने निर्णय पार्टी केन्द्रमा आधिकारिक रुपमा कहीँकतै नभएको व्यहोरा प्रष्ट निर्णय गरिएको छ ।
११.संघीय लिम्बुवान पार्टी, नेपालको केन्द्रिय समितिमा निम्न अनुसार मनोनयन गरिएको छ ।
विनोदसिं खवास, म्णि कुमार केरुङ, सविन चेम्जोङ, दिलेन्द्र नेम्बाङ, सुमन नेम्बाङ, श्याम एक्तेन, दिल प्र. नेम्बाङ, मोहन देवान, प्रकाश खड्का, नरेन तुम्बा, खड्क ताम्लीङ, जितेन्द्र धिमाल, श्रीप्रसाद धिमाल, तिर्थ ताजपुरिया, भुपेन्द्र योङया, नरेश माङमु, यसु मिभक, गंगा राई, उमा मगर, चम्पा लोवा, भिमा लिम्बु ।
मितिः २०७४ बैशाख २३ दमक, झापा, लिम्बुवान ।

………….
सह–अध्यक्ष
खगेन्द्र माखिम
…………..
ब्रिष्ठ उपाध्यक्ष
दिपक मेन्याङ्बो
……………
उपाध्यक्ष
सरस्वता सिङ्गक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah