काठमाडौं/  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको छलफल सकिएको छ ।

आइतबार बिहान ८ बजेदेखि छलफल शुरु भएको छलफलमा दुई अध्यक्षबीच उपसभामुखको चुनाव, शान्तिप्रक्रियाको पूर्णता तथा द्वन्द्वकालीन मुद्दा र केन्द्रीय कमिटीको बैठक लगायत विषयमा कुरा भएको जनाइएको छ ।

दुइ नेताबीच माघ १५ गतेदेखि हुने गरी तय भएको केन्द्रीय कमिटी बैठकको विषयमा केन्द्रित रहेर छलफल भएको छ प्रधानमन्त्री ओलीको सचिवालयले जनाइएको छ ।

यस्तै, उपसभामुखको निर्वाचन र द्वन्द्वकालीन मुद्दा तथा विभिन्न निकायमा पदाधिकारी नियुक्तिका विषयमा पनि अध्यक्षहरुबीच छलफल भएको जनाइएको छ ।

सभामुखमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सांसद तथा स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई उम्मेदवार बनाएपछि  उपसभामुखमा कुन दललाई समर्थन गर्ने भन्ने विषयमा दुई नेताबीच छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय