चीनसहित १३ मुलुकमा कोरोना भाइरसको प्रकोप फैलिएको छ। यसबाट हालसम्म ८१ जनाको मृत्यु भएको छ। मृतकमध्ये ४ जना बाहेक सबै हुबेई प्रान्तका छन्, जहाँबाट यो भाइरस उत्पन्न भएको थियो।

हालसम्म २७ सय जना यसबाट संक्रमित भएको चीनले पुष्टि गरेको छ। यद्यपि विज्ञहरुले यो संख्या करिब एक लाख हाराहारी हुनसक्ने चेतावनी दिइरहेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण हुन नदिन तथा संक्रमण फैलिन नदिन विभिन्न उपाय अपनाउन आग्रह गरेको छ।

यो रोगको अहिलेसम्म कुनै उपचार वा खोप पत्ता लागिसकेको छैन।

विश्व स्वास्थ्य संगठनले दिएका सुझाव यसप्रकार छन्ः

–स्पिरिट वा तातो पानी र साबुनले नियमित हात धुनुहोस्।

–हाच्छ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्नुहोस्

–ज्वरो र खोकी लागेका मानिससँग निकट सम्पर्क नराख्नुहोस्

–ज्वरो, खोकी वा श्वासप्रश्वासमा समस्या देखिए तुरुन्तै अस्पताल जानुहोस् र चिकित्सकलाई आफ्नो यात्राको विवरण दिनुहोस्

–जीवजन्तुबाट उत्पादित खानेकुरा काँचै तथा कम पकाएर नखानुस्। मासु वा दूधजस्ता खानेकुरा तयार गर्दा काँचोबाट पाकेकामा संक्रमण हुन नदिनोस्। एजेन्सी