
नोवल कोरोना भाइरस संत्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फिराउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजी गरिरहेका छन् ।
चीनमा भएका १ सय ७७ नेपालीलाई मुलुकमा फर्काउने तयारीसँगै संक्रमण भए/नभएको यकिन गर्न उनीहरूलाई अरूको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको हो ।
नोवल कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फिराइनेहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने भएको छ ।
‘चीनबाट आउनेलाई राख्न क्वारेन्टाइनका लागि ठाउँको खोजी भइरहेको छ । सम्भावित स्थलको पहिचान गरिरहेका छौं,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ले शनिवार बताए । कान्तिपुर दैनिकमा खबर छ