२४ बैशाख । व्यवस्थापिका संसदको आज दिउसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रमले गर्दा आजको बैठक स्थगित भएको संसद सचिवालयले जनाएको छ । अब अर्को बैठक आगामी जेठ ४ गते ३ बजेको लागि बोलाइएको छ ।
बैशाख ३१ गते स्थानीय तहको चुनाव हुने र नेताहरु पनि जिल्ला जाने भएकाले यो महिना बैठक बस्न नसक्ने भएको हो । त्यस्तै, सभामुख ओनसरी घर्तीले केहीबेरमा पत्रकार सम्मेलनको आयोजना गर्दैछिन् । उनले आकस्मिक रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो घटनाक्रम प्रधानन्यायाधीशमाथिको महाअभियोग, संविधान संशोधन लगायतका विषयमा धारणा सार्वजनिक गर्ने छिन् ।



