काठमाडौ, बैशाख २४ : सभामुख ओनसरी घर्तीले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव छलफलका लागि रोक लगाउँदै सर्वोच्च अदालतले विशेषाधिकार हनन गरेको आरोप लगाएकी छन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटै अंगको क्षेत्राधिकार संविधानले तोकेको हुँदा सबैले आफ्नो सीमामा बस्नुपर्ने उनको भनाई छ ।

सभामुख ओनसरी घर्तीले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सबैले आफ्नो सीमामा बस्नुपर्ने बताएकी हुन् । उनले संविधानले सबै अंगको कार्य स्पष्ट गरेको उल्लेख गर्दै सबै आफ्नो सीमाभित्र बस्नुपर्ने बताइन् । उनले भनिन्, ‘संविधानले सबै अंगको कार्य स्पष्ट गरेको छ । सबै संवैधानिक सीमाभित्र रहनुपर्छ भन्ने मेरो मान्यता हो ।’

प्रधान न्यायाधीश सुशीला कार्की विरुद्ध २४९ सांसदले महाअभियोग प्रस्ताव संसदमा दर्ता गराई अगाडि बढिसकेको अवस्थामा शुक्रबार सर्वोच्च अदालतले उक्त अभियोगका लागि पर्याप्त आधार नभएको भन्दै कार्कीलाई आफ्नो नियमित काममा फर्किन आदेश दिएको थियो ।

मुलुक अत्यन्त गम्भीर अवस्थामा पुगेकाले अहिले सबैले धैर्य अपनाउनु पर्ने बताइन्। ‘मुलुक निर्वाचनमा गइसकेको छ। यस्तो अवस्थामा सबै कुरालाई सहमतिमा राखेर अगाडि बढ्नुपर्छ। त्यसैले संसद बैठक जेठ ४ गतेसम्म स्थगित गरेको हुँ,’ उनले भनिन्।

व्यवस्थापिका संसद बैठक आगामी जेठ ४ गतेसम्मलाई स्थगित भएको छ । दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद भवनमा बस्न लागेको बैठक स्थानीय तहको निर्वाचन पछिसम्मका लागि स्थगित भएको हो। अव बस्ने संसद बैठकमा महाअभियोग, संविधान संशोधन लगायतका विषयमा छलफल हुने छ । यसअघि बैशाख ३१ मा पहिलो चरणको स्थानीय निर्वाचन तीनवटा प्रदेशमा हुदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah