ललितपुर, बैशाख २४– एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले देशको नेतृत्व गर्न पाएको खण्डमा दश वर्षमा आर्थिक कायापलट गर्ने दाबी गरेका छन् । तर, अरु पार्टीले नेतृत्व पाए ५० वर्षमा पनि देश जहीँको त्यहीँ हुने उनले दाबी गरे । ललितपुरमा उम्मेद्वारको परिचय तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ओलीले राप्रपासँग एमालेल गरेको चुनावी तालमेललाई गलत रुपमा लिन नहुने बताए । उनले एमाले र राप्रपाको तालमेल गलत तत्वहरुलाई हराउनको लागि भएको दाबी गर्दै भने, ‘ ०४८ सालमा बहुमत ल्याएको कांग्रेसले त्यसको सदुपयोग गरेर जनतालाई गोली हान्यो । किन हानेको भन्दा गोलीको आँखा हुन्न भन्यो । म भन्छु गोलीको होइन कांग्रेसकै आँखा छैन । कांग्रेस तानाशाही हो । कांग्रेसलाई बहुमत दियो भने उ तानाशाही हुन्छ ।’ उनले तत्कालिन अख्तियार प्रमुख लोकमन सिंह कार्कीलाई महाअभियोग लगाउँदा कांग्रेस काँपेको तर अहिले भने प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउन त्यही कांग्रेस सबैभन्दा अगाडि देखिएको आरोप लगाए । कांग्रेसको यस्तो हर्कतले ऊ सुशासनको पक्षमा नरहेको प्रष्ट हुने उनको भनाई छ । एमालेले काठमाडौं र ललितपुरमा राप्रपासँग चुनावी तालमेल गरेको छ । सहमतिअनुसार ललितपुर र काठमाडौंमा एमालेले मेयर र राप्रपाले उपमेयरमा उम्मेद्वारी दिएको छ । रातो पाटी बाट साभर
एमालेले देशको नेतृत्व गर्न पाए देश १० वर्षमा समृद्ध बन्ने ओलीको दाबी
सवाल नेपालसंवाददाताआइतबार, २३ वैशाख २०७४

एमालेले देशको नेतृत्व गर्न पाए देश १० वर्षमा समृद्ध बन्ने ओलीको दाबी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा

यो पनि पढ्नुहोस् »
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

दमकका शैक्षिक परामर्श ब्यवसायीहरु सडकमा
शुक्रबार, १ साउन २०८३
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
इङ्ग्ल्यान्ड भर्सेस अर्जेन्टिना: कसले मार्ला बाजी? यस्तो छ इतिहास
बुधबार, ३१ असार २०८३
विभिन्न कार्यक्रमका साथ गणतन्त्र दिवस मनाइँदै
शुक्रबार, १५ जेठ २०८३
आज गणतन्त्र दिवस, टुँडिखेलमा हुने समारोहमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने
शुक्रबार, १५ जेठ २०८३



