काठमाडौं/ नेपाली कांग्रेसले अवराेध गरेपछि शुक्रबार पनि संघीय संसदको प्रतिनिधि सभा बैठक आधा घन्टाका लागि स्थगित गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एउटै निर्णयमा सहभागी केहीलाई मुद्दा दायर गरेको र केहीलाई उन्मुक्ति दिएको भन्दै कांग्रेसले विरोधस्वरुप संसद अवरुद्ध पारेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कांग्रेसले संसद अवरोध गरिरहेपछि सभामुख अग्नि सापकोटाले आधा घन्टाका लागि संसद स्थगित गरेका हुन्।

ललिता निवासको जग्गा व्यक्तिको नाममा सार्ने निर्णयमा सहभागी भएको भन्दै अख्तियारले गच्छदारविरुद्ध बुधवार अख्तियारले विशेष अदालत काठमाडौंमा ९ करोड ६५ लाख बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।