सभामुख ओनसरी घर्तीले संसदको अधिकार क्षेत्रमा अदालत गएको भन्दै असन्तुष्टि पोखेकीछन् । अदालतको आदेशको घुमाउरो भाषामा उनले बिरोध जनाउदै यस्तो बताएकीहुन् । संसदमा प्रवेश गरिसकेका प्रस्तावहरू कसरी अगाडि बढाउने भन्ने विषय संसद्को विशेषाधिकार भएको भन्दै अदालतको यो बिषय नभएको उनको भनाइ रहेको थियो ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको काम कर्तव्य र अधिकारको लाइ सबैले बुझुनु पर्ने भन्दै उनले ठेगानका साथ बस्न पनि सचेत गराइन। ‘यस्तो अवस्थालाई ध्यान दिँदै राज्यका सबै निकाय र पदाधिकारीले आआफ्नो भूमिकामा आत्मसमीक्षा गर्दै धैर्य एवं संयमतापूर्वक समाधान निकाल्न जरूरी छ,’ पत्रकार सम्मेलनमा घर्तीले भनिन् ।



