केबि महरा/ काठमाडौ

नेपाली काङ्ग्रेसका नेता एवम् केन्द्रिय सदस्य मीन बिश्वकर्माले संबिधान स्थिर दस्तावेज नभएको बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रिपोर्टस् क्लबमा मंगलबार आयोजित समसामयिक अन्तर्कृयामा सहभागी हुँदै नेता बिष्वकर्माले संबिधान कुनै धर्म ग्रन्थ वा गिता , रामायण जसरी अपरिवर्तित वा स्थिर दस्तावेज नभै मुलुकको आवस्यकता र औचित्यका आधारमा संशोसन या फेरबदल गर्न सकिने दस्तावेजका रूपमा उल्लेख गर्नुभयो ।

संबिधान संशोधनका बिषयमा नेपाली कांग्रेस सदैव तयार रहेको तर कुनै ब्यक्ति विशेषका लागि वा पार्टी विशेषलाई मात्र फाईदा हुने गरि गरिने प्रस्ताव आफुहरुलाई अमान्य हुने बताएका छन्।

फरक प्रशंगमा संचारकर्मी हरुलाई धन्यवाद दिँदै नेता बिश्वकर्माले भने, 'संबिधान माथिको आक्रमण होस् या भ्रष्टाचारको कुरा, संचारकर्मिले आफ्नो सक्रियता र क्षेत्राधिकार भित्र रहेर सु-शुचित गरेकाले मात्रै जानकारी पाउनमा सहजता महशुस गरेका छौँ,जुन सह्रानिय छ ।'