इटहरी । देशका विभिन्न स्थानमा ‘से”क्स वर्कर महिलाको संख्या बढीरहेका बेला पूर्वमा पनि बढेको पाइएको छ। महिला सहयोगी समूह इटहरीले पूर्वका तराई र पहाडका जिल्लामा गरि पाँच सय हाराहारी महिला अहिले पनि ‘से”क्स वर्कर’ को रुपमा कार्यरत रहेको जनाएको छ । यी मध्ये आधाजसो त किशोरी नै रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

महिला सहयोगी समूहका अनुसार, झापा, मोरङ, सुनसरीसँगै प्रदेश नं. १ का पहाडी जिल्लाका महिला मोवाईल सम्पर्कका आधारमा ‘से”क्स वर्कर’ को काम गर्न शहरमा आउने गरेको पाइएको छ। जसमा बढी मात्रमा मंसिरदेखि माघसम्म तीन महिनाको अवधिमा बढी मात्र ‘से”क्स वर्कर’ महिलाको चहलपहल हुने गरेको महिला सहयोगी समूहकी बिमला ठकुरीले जनाइन् ।

उनका अुसार, विशेषगरी तीन महिनामा भारतीय ग्राहक बढी मात्रमा आउने गर्छन् । वर्कर को रुपमा काम गर्ने महिलाले पहिला इटहरी र धरान क्षेत्रका होटललाई सुरक्षित स्थानको रुपमा प्रयोग गर्थे । अचेल पनि होटल प्रयोग गर्न छाडेका छन् ।

‘वर्कर’ महिलाले पछिल्लो समय होटलभन्दा पनि विशेषगरी घर कोठा भाडामा लिएर सुरक्षित स्थान रोज्ने गरेको पाइएको छ,’ उनले भनिन, बढी मात्रमा भेडेटार त्यसमा पनि घरका कोठा लिएर मोवाइल सम्पर्कका आधारमा से”’क्स वर्करको काम गर्ने गरेको खुलेको छ।’

उनका अनुसार, भारतीय नागरिकसँगै नेपालका विभिन्न क्षेत्रका नागरिक पनि ग्राहक बनेर आउने गरेका छन् । तथ्याङ्क अनुसार अविवाहित किशोरी आधाजसो भए पनि अरु भने विवाहित महिला नै भएको रहेको पत्ता लागेको छ। विवाहित महिलाका कतिपय श्रीमान विदेश गएका र कतिपय श्रीमानसँग सम्बन्ध नराम्रो भएका महिलाले वर्कर’ को रुपमा काम गर्ने गरेका छन् । वर्कर किशोरीको संख्या बढ्नुमा प्रविधिको बढ्दो दुरुपयोग, अरुको लहैलहैमा लाग्नु र अभिभावकले पनि आफ्ना छोराछोरीको इच्छा नबुझ्नु मुख्य कारक रहेको छ ।

किशोरीलाई कुनै पनि पुरुषसँग सामाजिक सञ्जाल, मोवाइल, फोनलगायतको प्रविधीले हरेकलाई भेटघाट र संवादका लागि सहज बनाएको छ। प्रविधीको गर्दा उनीहरुलाई रोमन्समा समेत पहुँच पुगेको छ। बालबच्चा भएका महिला ‘वर्कर’ वर्षेनी ३० जना हाराहारी सम्पर्कमा आउने गरेका छन् । महिला सहयोगी समूहका अनुसार, थुप्रै महिला अहिले संस्थाको सम्पर्कमा छैइनन् । ‘वर्कर’ रुपमा काम गर्ने कतिपय महिलाले छोराछोरी त्यागेका छन् । त्यसरी महिलाले त्यागेका छोराछोरी सडक बालबालिका बन्ने गरेका छन् ।

तथ्याङ्क अनुसार, भौगोलिक रुपमा टाढा भएकैले आफ्ना श्रीमानसंग सम्बन्ध बिग्रिएर वर्करको रुपमा काम गर्ने गरेको पनि पाइएको छ। विवाहित पुरुषले पनि विदेश गएका श्रीमानका श्रीमतीसँग यौ”न स”न्तुष्टि र पैसाका लागि सम्बन्ध गाढा बनाउने गरेको पाइएको छ। ‘वर्कर’ को रुपमा काम गर्ने थुप्रै महिला मानसिक रोगी समेत भएका छन् । विशेषगरी ५० वर्ष पार गरेका महिला मानसिक रोगी रहेकोमा अहिले पनि १२ जना हाराहारीमा यस्तो समस्या देखिएको महिला सहयोगी समूहकी अध्यक्ष कमला खड्काले जानकारी दिइन् ।

‘वर्कर यही गतिमा बढेमा समाजमा भयावह स्थिती सृजना हुन सक्छ,’ खडकाले भनिन् ‘हामी निरन्तर रुपमा सचेतना अभियानमार्फत व्यापार–व्यवसाय गर्न प्रोत्साहन गर्दै आएका छौं ।’ उनका अनुसार, अहिलेसम्म दस जना महिलाले व्यापार–व्यवसाय गर्दै आएका छन् । महिलालाईं सरकारी निकायले नै बैकिल्पक काम गर्ने वातावरण सृजना गर्न ध्यान दिनुपर्छ,’ उनले भनिन, ‘पछिल्लो समय त धेरै वर्कर किशोरी बढकोले गर्दा अभिभावकको पनि ध्यान जानु आवश्यक छ।’ ईताजा खबर बाट/ फोटो: गूगल बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय