दमक, १४ फागुन–दमक–५ सगरमाथा टोलका मिगौला पीडित आशिष खनालको परिवारले सहयोगको याचना गरेका छन् । ८ वर्ष अघि मिगौला प्रत्यारोपण गरेका २६ बर्षिय आशिष खनालको पुनः मिगौलाले काम गर्न छाडेपछि थप उपचारमा सहयोग पुरयाँईदिन परिवारजनले याचना गरेका छन् ।

६६ बर्षिय धर्मानन्द खनाल र ५८ बर्षिया प्रेमकुमारी खनालका कान्छा छोरा आशिषको प्रत्यारोपण गरिएको मिगौलाले काम गर्न छाडेपछि अहिले काठमाण्डौमा नियमित डाइलोसिस गरिआएका छन् ।

दुवै मिगौला फेल भएका कारण उपचारका लागि भए भरको सबै जायजेथा सकेर पुर्नजन्म पाएका आशिषलाई गएको मसिंरदेखि समस्या आएको पीडित परिवारले वताएका छन् । वृद्ध बुवा धर्मानन्दका अनुसार विरामी छोरालाई वचाउन आमाले नै मिगौला दिएका थिए ।

पत्नी जोश्ना र छोरा बिरकका साथमा एक पटक प्रत्यारोपण गरिएको मिगौमाला पनि फेरी समस्या आएपछि पैसा नहुदाँ उपचार गर्न समस्यामा परेका छन् ।

दमकबाट खनाल परिवार आफ्नै बलबुँता र आफन्तहरुको साथ सहयोगमा काठमाडौं गएको केहि महिना भयो । दैनिक ४ र ५ सय रुपैयाँको औषधी सेवन गर्नुपर्ने, हप्तामा दुई पटक ३ र ३ हजार रुपैयाँ खर्चिएर डायलोसिस गर्नुपर्ने अवस्था झेल्दैआएका खनाल परिवारले त्यतिका खर्च गर्ने जायजेथा नभएपछि सवैसंग याचना गर्नुपरेको वुवा धर्मानन्दले वताए ।

आशिषकी बहिनी कल्पनाका अनुसार पहिले पनि औषधी गर्दा १५ लाख रुपैयाँ खर्च गर्दा त्यतिबेला आफ्नै घर खेत बेच्नु परेको दुखेसो छ । अव फेरी दाजु विरामी भएपछि अब उपचारमा सहयोगका लागि सबैसंग गुहार माग्नु परेको कल्पना बताँउछिन् । उनले मिले सम्म दाजुलाई परिवारबाट अझै मिगौला दिएर भएपनि बचाउन चाहेको भन्दै नियमित उपचार र मिगौला प्रत्यारोपणका लागि सहयोग गरिदिन सार्वजनिक अपिल गर्छिन् ।

पुरानो थाकथलो इलामको मंगलबारे भएको खनाल परिवार दश बर्षदेखि दमकको एक घरमा भाडामा बस्दैआएका थिए । परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले विरामीलाई वचाईदिन पीडित खनाल परिवारको याचना छ । उनको उपचारका लागि सहयोग गर्न चाहने जो कोहीले विरामी आशिषसंग सोझै ९८६१२२३४८८ वा दमकमा बहिनी कल्पनालाई ९८१३७९०६१० मा सम्पर्क गर्न सकिने वा बुबा धर्माको प्रभु बैंक दमक शाखामा रहेको खाता नं ०१४०१०००३६००७०००००१ मा सोझै सहयोग रकम जम्मा गर्न सकिने पनि परिवारजनले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय