दमक । झापाको दमकमा मुख्य कार्यालय राखेर झापा, इलाम र मोरङ कार्यक्षेत्र बनाएर काम गर्दै आएको कन्काइ बिकास बैकले अन्य बैकहरुसंग एकीकरणका छलफल र पूजी बृद्धि दुबैलाइ अघि बढाइरहेको बताएको छ । राष्ट्र बैकले अनिवार्य रुपमा बैकहरुलाइ असार मसान्तसम्म शेयरपूजी ५० करोड पुर्याउन र नसकेको अवस्थामा एकीकरणमा जान गरेको निर्देशन पालनाका लागि बैकले दुइवटै काम अघि बडाएको जानकारी दिएको छ ।

बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाशमान बज्राचार्यले ४ करोड अधिकृत पूंजी, ४ करोड जारी पुंजी र २ करोड चुक्ता पूंजीमा संचालनमा आएको बैकले हाल १५ करोड चुक्ता पुंजी रहेको छ । असार मसान्तसम्ममा ५० करोड चुक्ता पूजी पुर्याउनका लागि ३२ करोड १० लाखको ३२ लाख १० हजार  कित्ता हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन हालिसकिएको छ ।

प्रमुख कार्यकारी अधिकृत बज्राचार्यका अनुसार शेयर पूंजी बृद्धिसंगै यहाँ रहेका अन्य बिकास बैकहरुसंग एकीकरणका लागि छलफलहरु अघि बढाइएको र छलफल सकारत्मक दिशामा गइरहेको जनाउनु भयो । एकीकरण नभएको अवस्थामा बैकले राष्ट्र बैकले तोकेको मापदण्ड अनुसार शेयर पूंजी पुर्याउने कामलाइ भने नरोक्ने उहाँले बताउनु भयो ।

शेयर पूंजी बृद्धि भइसकेर सक्षम भएको अवस्थामा पनि एकिकरणको प्रयास र छलफल भने निरन्तर हुने उहाँको भनाइ रहेको थियो । बैकका अध्यक्ष सेवक दाहालका अनुसार बैकले अहिलेसम्म झापाको दमक, बिर्तामोड, काकडभिट्टा, झिलझिले, गौरादह र राजगढबाट सेवा प्रदान गरिरहेको छ । यसैगरि मोरङको बिराटनगर, खोर्साने र पथरीमा शाखा खोलेको छ । इलामको राँके, मंगलवारे र बिब्ल्याटेमा गरेर १२ वटा शाखा सञ्चालनमा रहेको उहाँले जानकारी दिनु भयो । अहिलेसम्म बैक नपुगेका ग्रामिण क्षेत्रमा आफूहरु शाखा बिस्तार गरिरहेको पनि जानकारी गराउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah