पाली कांग्रेसका संस्थापक मध्येका नेता कृष्णप्रसाद भट्टराईको नवौं स्मृति दिवसको अवसरमा मंगलवार विभिन्न कार्यक्रम भएका छन् ।

कांग्रेसले कुनै कार्यक्रम नराखेपनि भट्टराईका शुभेच्छुकले मंगलवार पशुपतिमा वुद्धवुद्धा र सन्यासीलाई खाना खुवाएका छन् । भट्टराईलाई राजनीतिक आदर्श मान्दै लामो समय भट्टराईलाई साथ दिएकी अनिता कपाली, कांग्रेसका युवा नेता राहमरि खतिवडा लगायतले मंगलवार पशुपतिमा वृद्धवृद्धालाई खाना खुवाएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्मृति तिथिको अवसरमा फागुन ९ गते भट्टराई आश्रम बाढेगाउँमा कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको उपस्थितिमा कार्यक्रम गरिएको थियो । ‘विगतका वर्षहरूमा प्रधानमन्त्रीको उपस्थितिमा कार्यक्रम गर्ने गरिएपनि यसपटक औपचारिक कार्यक्रम भएन,’ खतिवडाले लोकान्तरसँग भने । नेपाली राजनीतिमा निष्ठा, सदाचार र आदर्शको रुपमा भट्टराईलाई स्मरण गर्ने गरिन्छ । नेपालको पहिलो सभामुख र २०४७ सालमा संविधान जारी गर्ने सरकारको नेतृत्व गरेका भट्टराईको ८७ वर्षको उमेरमा २०६७ फागुन २० गते निधन भएको थियो ।