झापा । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपि शर्मा ओलीको गृहनगर दमक नगरपालिका समेत रहेको झापा निर्वाचन क्षेत्र नं. ५ (ख) को इन्चार्जको जिम्मेवारी युवा नेता बीरेन्द्र बस्नेतले प्राप्त गरेका छन् । नेकपा प्रदेश १ कमिटीका सदस्य समेत रहेका बस्नेत तत्कालीन माओवादी जनयुद्धमा २७ महिना सेनाद्वारा वेपत्ता वनाइएका युवा हुन् ।

बस्नेतलाई शाही शासनमा मानवबधशाला भनेर चर्चामा रहेको सेनाको भैरवनाथ गणमा चरम यातना दिइएको थियोे । बस्नेतका दाजु पुष्पराज बस्नेत र भाइ धीरेन्द्र बस्नेत सोही भैरवनाथ गणवाटै हालसम्म पनि वेपत्ता पारिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तत्कालीन अखिल (क्रान्तिकारी) को पुर्व महासचिवको समेत जिम्मेवारी पूरा गरिसकेका बस्नेत २०६५ सालमा सानोठिमी क्याम्पसको स्ववियु सभापति निर्वाचित भएका थिए । झापाको प्रधानमन्त्री केपि शर्मा ओली निर्वाचित संघीय निर्वाचन क्षेत्र ५ अन्तर्गतको ५(ख) मा दमक नगरपालिकाका सवै वडा र कमल गाउँपालिकाको ५ , ६ र ७ वडा पर्दछन् । समाचार दैनिक बाट