बिष्णुप्रसाद पोखरेल
दमक/झापा दमकको झापा इङ्लिस बोर्डिङ स्कूलले निर्वाचन सम्बन्धिको ज्ञान बिद्यार्थीलाइ प्रदान नएका लागि निर्वाचनका सबै बिधि र प्रक्रिया अपनाएर क्याम्टेन र उपक्याप्टेनको निर्वाचन गराएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै गरेकाले बिद्यार्थीहरुलाई निर्वाचन सम्बन्धिको ज्ञान प्रदान गर्न मिनि निर्वाचन नै बिद्यालय गराएको हो ।
यसले अभिभावकसम्म समेत चेतना पुग्ने भएकाले लामो प्रयास र निक्कै ब्यवस्थापनका साथ निर्वाचन गराएको हो । ४ सयभन्दा बढि बिद्यार्थीहरुले २ जना क्याप्टेन र २ जना उपक्याप्टेन छान्नका लागि निर्वाचनमा सहभागिता जनाएका थिए । बिद्यालयका संस्थापक प्रिन्सिपल सागर श्रेष्ठका अनुसार स्थानीय तह निर्वाचनमा निर्वाचन आयोगले जसरी निर्वाचनको बिधि र प्रक्रिया अपनाएको छ सबै त्यस्तै नै गरिएको हो ।
निर्वाचन मूख्य अधिकृत र अधिकृतहरु शिक्षकहरु तोकिएका थिए । उनिहरु मतदाता नामवली प्रकाशन, अन्तिम मतदाता नामवली प्रकाशन, उम्मेदवारी दर्ता, दाबी बिरोध, उम्मेदवारी फिर्ता र अन्तिम पटक उम्मेदवारहरुको नामवली प्रकाशन समेत गरेको थियो भने मतदाता परिचयपत्र पनि बितरण भएको थियो ।
कक्षा १० का सामाजिक
अध्ययनमा रहेको निर्वाचन सम्बन्धिको बिषयबस्तुलाइ बिद्यार्थीहरुमाझ प्रयोगात्मक गराउने र स्थानीय तहको निर्वाचनको बिषयमा बिद्यार्थीहरु मार्फत अभिभावकसम्म पुर्याउनका लागि निर्वाचनका सबै बिधि अपनाईएको श्रेष्ठले जानकारी गराएकाछन् । मतपत्र बनाउने, मत पेटिका बनाउने, बिद्यार्थीहरुबाटै सुरक्षाकर्मीहरु परिचालन देखि लिएर पर्यवेक्षकहरुसम्म राखिएको थियो । उम्मेदवारका एजेन्टहरु पनि तोकिएका थिए ।
लाइन लागेर ४ सयजनाले बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म मतदान गरेका थिए । करिब ९१ प्रतिशत मत खसेको बतार्ईएको छ । मतदान भइसकेपछि उम्मेद
वारका एजेन्टहरु बसेर लाहछाप लगाएर सुरक्षाकर्मीहरुको कडा सुरक्षाघेराबाट मतगणना स्थल लगिएको थियो । आचारसंहिता बनाएर करिब २ घण्टा मतगणा गरेर मतपरिणाम सार्वजनिक भएपछि बिजेताहरुलाइ फूलमाला लगाइदिएर सपथ गराईएको श्रेष्ठले जानकारी दिए ।
क्याप्टेनमा छात्रा तर्फबाट रुषा खड्का, सरिना राइ, कृति धिमालबीच भएको तिब्र प्रतिस्पर्धामा सरिना राइ निर्वाचित भएकीछन् । यसैगरी छात्र तर्फबाट अन्जर अन्सारी र लाक्पा लामाको प्रतिस्पर्धामा अन्जर अन्सारी बिजयी भएकाछन् । उपक्याप्टेनमा ४ जना छात्र र २ जना छात्रा गरेर ६ जनाले उम्मे
दवारी दिएका थिए । छात्रातर्फबाट सेलिया श्रेष्ठ र प्रनुषा पाण्डेबीच भएको चुनावी प्रतिस्पर्धामा सेलिया श्रेष्ठ बिजयी भएकीछन् । छात्र तर्फ अंकित खनाल, आर्यन थापा, नेहाल गजमेर र आलोक गौतमबीच उपप्रमुखमा प्रतिस्पर्धा भएकोमा आलोक गौतम बिजयी भएकाछन् ।
बिद्यालयका संस्थापक जयबहादुर श्रेष्ठका अनुसार बिद्यार्थीहरुले मतपत्रमा मत हाल्ने तरिका, बदर हुन नदिने उपाय लगायत निर्वाचनका प्रक्रिया र बिधिको बिषयमा अभिभावकहरुलाइ गएर बताउने भएकाले यसबाट स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा पनि हुने बिश्वास लिइएको बताए । दूइदशकदेखि निर्वाचन नभएकाले अहिलेको पुस्तालाई निर्वाचनको प्रयोगात्मक गरेर देखाइएको उनको भनाइ छ । यसबाट बिद्यार्थीहरुले निर्वाचन सम्बन्धि धेरै ज्ञान लिएको उनले जनाए ।
सिकाइको अनुकरणिय शैलि, जेम्समा भयो यसरी निर्वाचन(फोटो फिचर)
सवाल नेपालसंवाददातामंगलबार, २५ वैशाख २०७४

सिकाइको अनुकरणिय शैलि, जेम्समा भयो यसरी निर्वाचन(फोटो फिचर)
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



