हाम्रो अनुहारमा खाली भागहरु हुन्छन जसलाई sinus भनिन्छ। यो sinus नाकको दुवै पट्टिको गालामा, निधार र नाकको पछाडी भागमा भित्रैसम्म रहेको हुन्छ। हाम्रो स्वर सुमधुर बनाउन र टाउकोको तौल कम भएर लामो समय टाउको ठडाउन सक्ने बनाउन यहि खाली भाग वा sinus को ठुलै योगदान हुन्छ। यो sinus मा तरल पदार्थ उत्पादन हुने र सिगान बनेर नाक बाहिर वा घाँटी हुँदै पेट भित्र नियमित रुपमा गएको हुन्छ। यदि कुनै कारण यो तरल पदार्थ समयमा बाहिर निस्कन पाएन भने पिनास अर्थात् sinusitis को समस्या सुरु हुन्छ।

# पिनास (sinusitis) हुनको कारणहरु!
– जब किटाणुहरु (प्राय सामान्य रुघा खोकीका virus हरु) यस Sinus मा छिर्छन्, तब शरीरको रोगप्रतिरोधात्मक प्रणाली शक्रिय हुन थाल्छ। यस प्रणाली अन्तर्गत यी virus लाई नस्ट गर्न र शरीरबाट बाहिर निकाल्न sinus लाई घेरेको कोषको तह सुन्निन थाल्छ अनि तरल पदार्थको उत्पादन पनि बढ्न थाल्छ। Sinus लाई घेरेको कोषको तह सुन्नीदिंदा sinus को मुख बन्द भैदिन्छ र तरल पदार्थ बाहिर निस्कन पाउंदैन। लामोसमय जम्मा भएपछि यसमा bacteria हुर्कन थाल्छ र समस्या बढ्न थाल्छ।
– तरल पदार्थ झन् झन् बाक्लिने पहेंलो वा हरियो हुने; आँखा, निधार, नाक वरपर दुख्न सुरु हुने, खोकी लाग्ने र घाँटी खस खस हुने र ज्वरो समेत आउने समस्या सुरु हुन थाल्छ।
– यसरी sinus block भएर तरल पदार्थ थिग्रिने र त्यसैमा किटाणु हुर्कने समस्या सुरु हुने कारण अन्य पनि छन् जस्तै बारम्बार seasonal allergy हुने कारण, वा सोहि allergy वा अन्य कारण नाकमा polyps पलाउने कारण (अर्थात् सामान्य बोलीचालीको भाषामा, नाकमा मासु पलाउने कारण) वा नाकको septum बान्गीएको वा deviated septum भएको कारण र अन्य धेरै।

कसैको यस्तो समस्या ५-७ दिनको मात्र हुन्छ र आँफै ठिक हुन्छ भने कसैको १-२ महिनासम्म रहन्छ। यदि तपाईंको लामै समय रहन्छ भने तपाईंले एक जना ENT doctor संग (एकैजनासंग मात्र) नियमित चेकजाचँ गर्नुपर्छ। हेल्चाक्राइं गर्नु हुँदैन। तपाईंको पिनास अर्थात् sinusitis को समस्या बढ्दै गयो भने आँखा भित्र देखि मष्तिस्कसम्म किटाणु छिरेर अनेक जटिल समस्या दिन सक्छ।

# उपचार बिधि
– अधिकांशको virus वा allergy को कारण पिनास अर्थात् sinusitis को समस्या सुरु हुने हुनाले पहिलो ७-१० दिन डाक्टरकोमा नगइंकन, antibiotic खानु हुँदैन। Virus वा अन्य कारण पिनास सुरु भएपछि करिब १० दिन सम्म सन्चो भएन भने bacteria आएर फैलेएछ भनेर अनुमान गर्न सकिन्छ।
# पहिलो १० दिन शरीरलाई आँफै समस्या हल गर्न समय दिन, सो हल गर्ने समयसम्म आँफुलाई परेको अप्ठेरो कम गर्न र सकेसम्म किटाणु हुर्कन नदिन निम्न कुराहरु गर्नु पर्छ:
१; पिनासको लक्षण महसुस हुने बित्तिकै नुन र (तताएर सेलाएको) पानीको मिश्रणले नियमित नाक सफा राख्नु पर्छ वा दिनको ४ पटक जति salt water nasal spray प्रयोग गर्नु पर्छ।
२; दिनको दुई पटक बाफ लिनु पर्छ।
३; Sinus मा तरल पदार्थको उत्पादन कम गर्ने, allergy को लक्षण कम गर्ने, सुन्निन कम गर्ने र sinus को मुख खुलाउन सहयोग गर्ने करिब २-३ थरी nasal spray दिनको करिब २ पटक प्रयोग गर्नु पर्छ। याद गर्नुस यस्ता nasal spray को सहि तरिकाले प्रयोग गर्ने तरिका धेरैलाई थाहा छैन। यी प्रयोग गर्दा नाक भित्र छिराएपछि उही side को कान पट्टि तेर्साउनु पर्छ।
४; टाउको दुख्यो र असजिलो महसुस भयो भने ४-४ घन्टामा नदुख्ने औषधि painkiller खानु पर्ने हुन्छ।
५; राती खोकी लागे cough suppressant अर्थात् खोकी रोक्ने औषधि खान सकिन्छ।
६; यी सबै १० दिन सम्म प्रयोग गर्दा पनि लक्षण कम भएन र झन् ज्वरो आउन थाल्यो भने डाक्टरकोमा गएर antibiotic खानुपर्ने हुन्छ। यदि antibiotic सुरु गरेको अर्को ५-७ दिनमा अझै कत्ति पनि कम भएन भने उक्त antibiotic परिवर्तन गर्नु पर्ने हुन्छ। बारम्बार आँफुखुसी अनावश्येक antibiotic खाईराख्नेलाई regular दिईराख्ने antibiotic ले काम नगर्न पनि सक्छ।
७; पिनासको समस्यामा कुनै खानेकुरा बार्नु पर्दैन। तर कुनै खानेकुरा खाँदा प्रत्येक पटक (याद गर्नुस प्रत्येक पटक जसो) हाछयु आउने, नाक बन्द हुने, खोकी लाग्ने वा सास फेर्न गार्हो हुने हुन्छ भने ति कुरा खान छोड्नुस। तर अरुले भनेकै भरमा आंफुले try नगरी कुनै पनि खानेकुरा नरोक्नुस। यसबेलामा शरीरलाई निकै धेरै तागत चाहिने हुँदा सकेसम्म धेरै खानेकुरा खाने र प्रसस्त पानी पिउने गर्नु पर्छ।
८; बारम्बार यस्तो समस्या हुनेले allergy test पनि गर्नु पर्छ।
९; यदि nasal polyps अर्थात् नाकमा मासु पलाएको कारण sinus block भएर पिनास हुने गरेको छ भने त्यस्ता polyps निकाल्नु पर्छ। यसको लागि ENT doctor को मा जानु पर्छ।
१०; यदि Septum deviated भएको कारण sinus block भएर पिनास हुने गरेको छ भने Septum repair गर्नु पर्छ। यसको लागि पनि ENT doctor को मा गएर सरसल्लाह गर्नु पर्छ।

डा। कल्याण सुवेदी, DNP, PMHNP
अभ्यास: लेक्सिंगटन, केन्टकी, संयुक्त राज्य अमेरिका
विशेषज्ञता: बच्चा र वयस्क मनोरोग

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय