केबि महरा/ काठमाडौ

नब गठित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले मुलुकमा कुनैपनी किसिमको कु हुने संभावना नरहेको बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकतापछी पार्टिको अवस्थाका बारेमा रिपोटर्स क्लबमा शनिबार आयोजित पत्रकारहरु सङ्गको अन्तर्कृया कार्यक्रममा सहभागी हुँदै अध्यक्ष राणाले मुलुक दिनप्रतिदिन धारासायी बन्दै गैरहेकोले आफुहरुलाई देसको भविस्य प्रतिको चिन्ता बढ्दै गएको र फेरिपनी प्रजातान्त्रिक शक्ति एक भएर अघि बढ्नुपरेको बताएका छन् ।

उनले भने -" हामिहरु सदैव संबिधान प्रती प्रतिबद्द रहने तर सबै पक्षलाई स्विकार्य राजसंस्था सहितको प्रजातन्त्र चाहान्छौँ ।"

फरक प्रसंङ्गमा बोल्दै अध्यक्ष राणाले हाल विश्व कोरोनाको माहामारिबाट त्रसित रहेको औँल्याउँदै सरकारले त्यसतर्फ उचित जोखिम पुर्वतयारी तथा सम्भावित खतरा ब्यबस्थापनका लागि काम नगरेको गुनासो समेत गरेका छन् ।