काठमाडौं– एनसेलको नेटवर्क गयो भन्दै हुनुहुन्छ भने आजबाट एनसेलको नेटवर्क ‘स्टे होम’ भनेर देखिने छ । सामाजिक दुरी कायम राख्न प्रोत्साहन स्वरुप एनसेलले आफ्नो नेटवर्कको नाम ‘स्टे होम’ राखेको हो ।

सामाजिक दुरी कायम राख्न प्रोत्साहन गर्दै एनसेलले आफ्नो नेटवर्कको नामको सट्टामा ‘स्टे होम’ अर्थात घरमै बस भन्ने सन्देश राखेको छ। सन्देश स्मार्ट फोनमा नेटवर्क सिग्नल देखिने ठाउँसँगै देखिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले विश्वभर कोरोनाभाइरस महामारी फैलिएको संकटको अवस्थामा स्मार्ट फोन प्रयोगकर्ताहरुलाई घरमै बस्न प्रोत्साहित गर्न कम्पनीले यस्तो सन्देश राख्ने निर्णय गरेको हो।

स्मार्ट फोन निमार्ताका आ–आफ्नै विषेशता हुने र सेटिङ्गसँग सम्बन्धित कारणले गर्दा सबै प्रकारका स्मार्ट फोनमा यो सन्देश नदेखिन पनि सक्छ।