विश्व त्राहिमाम बनेको यो दुखको घडिमा मल्हम लगाउने प्रयास गर्ने हरुले समस्यामा परेकालाइ दिएको खुशी थोरै शव्दमा बयान गर्न सकिन्न। मानव सभ्यता रक्षाको निम्ति सम्पुर्ण नेपाली नागरिकहरुले गरिरहेको यो महत्त्वपूर्ण सहयोग झनै अतुलनीय छ।
हेना कन्स्ट्रक्सनका प्रोप्राइटर गणेश बस्नेत एवम रतुवामावा खोला निकासी बाट दमक नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई लाख रुपैयाँ सहयोगको घोषणा भएको छ।
त्यसैगरी समाजसेवी भगवान बस्नेतले आफ्नो घरको बहाल मिनाहा गर्ने घोषणा गर्नुका साथै नगद रु ५१००० कमल गाउपालिका लाई यो विपत्ति व्यवस्थापनको निम्ति सहयोग गर्ने भएका छन।
सम्पुर्ण नागरिकहरुले यसैगरी ठूलो हृदय बनाएर सहयोग गर्ने हो भने यो भवितव्यलाई हामी सबैले सहजै जित्नेछौं।










