काठमाडौ / चैत्र २०

रिस उठेको बेला सुत्दा निदाइएछ भने हाम्रो रिसले निद्रामा पनि निरन्तता पाउँछ । जसले गर्दा रिसाएको बेला शरीरमा उत्सर्जन हुने हर्मोनको मात्रा बढ्छ । यस्तो हर्मोन स्वास्थ्यका लागि राम्रो मानिँदैन । त्यही भएर रिस शान्त भएपछि मात्रै सुत्नुपर्छ । –रिस उठेको मानिसले सवारी साधन तीव्र गतिमा चलाउने भएकाले रिस मत्थर भएपछि मात्रै सवारी साधन चलाउनुपर्छ । नत्र, दुर्घटनामा पर्ने जोखिम रहन्छ ।

–रिस उठेको बेलामा खान बसेमा असाध्यै बढी अथवा असाध्यै कम खाइन्छ । जुन स्वास्थ्यका लागि राम्रो हुँदैन । त्यही भएर रिसाएको बेला खान बस्नु हुँदैन । –रिस उठेका बेला मानिसले विवेक गुमाउँछ । यस्तो अवस्थामा कसैसँग बहसमा सरिक हुनु हुँदैन । –रिसाएको बेलामा धारिलो सामान भएको ठाउँ नजिक बस्नु हुँदैन । किनकि, रिसको झोँकमा सामान फाल्ने अथवा धारिलो चिजले अन्य मानिसलाई प्रहार गर्ने काम हुन पनि सक्छ । –रिसाएको बेलामा निराशाजक खालका कुरा सोच्नु हुँदैन । किनकि, रिस र निराशा दुवै एकसाथ जागेमा मानिसले अप्रिय निर्णय लिन सक्छ ।

यसरी कम हुन्छ तनाव
– विश्राम गरेर

– साथीहरूको सम्पर्कमा रहेर

– अनावश्यक विवादबाट टाढै रहेर

– क्षमाशील भएर अथवा पुरानो विवाद बिर्सिएर

– प्रसन्नचित्त रहेर

– अत्यधिक मदिरापान नगरेर

– कफी, चियाजस्ता क्याफिनयुक्त पदार्थको सेवन कम गरेर

– धेरै भावुक नभएर

– स्वस्थ खाना खाएर

– डिप्रेसन भए उपचार गरेर

– दिनमा छदेखि आठ घण्टासम्म निदाएर

– नियमित व्यायाम गरेर

साभार : स्वास्थ्य खबर पत्रीका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय