काठमाडौ । मिडवाइफ्री सोसाइटी अफ नेपालको युवा मिडवाइफ समितिले लकडाउनको समयमा गर्भवतीलाई फोनबाट नै परामर्श दिने भएको छ। विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा पनि देखिएपछि सरकारले देशव्यापी लकडाउन गरेको छ। लकडाउनको समयमा अस्पताल तथा स्वास्थ्य संस्था जान नपाएका गर्भवतीलाई लक्षित गर्दै फोन मार्फत परामर्श दिन सुरु गरिएको हो।

समितिका अनुसार यो समयमा गर्भावस्थाका विषयमा आवश्यक परामर्श चाहनेले तीन जनाको मोबाइमा सम्पर्क गर्न सक्ने भन्दै नम्बर सार्वजनिक गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यी नम्बरमा सम्पर्क गर्न सकिने छ स् रुकुमणी त्रिपाठी ९८४९२६३३५० सबिता खड्का ९८४३२६६११५ प्रशंसा बुढा लामा ९८२३०९८०३८

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।