नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयले कोरोना भाइरस रोकथामका लागि सरकारले चालेका कदम र नीति सही रहेको निष्कर्ष निकालेको छ। कोरोना रोकथामका लागि मुलुक लकडाउनको अवस्थामा रहेका बेला सत्तासिन नेकपाको सचिवालय बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा बसेको बैठकमा नेताहरुले सरकारी कदमलाई अझ प्रभाकारी रूपमा अघि बढ्न सुझाव दिए। प्रम ओलीले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा सरकारका विभिन्न निकायले गरेका प्रयास एवं हासिल भएका उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराए।

प्रम ओलीले प्राप्त सुझावलाई कार्यान्वयनमा ध्यान दिने बताएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। लोकान्तर बाट साभार