विक्रम सम्वत २०७३ ज्येष्ठ ८ गतेदेखि विवेकशील नेपाली दल झापाको नेतृत्व मा शुरु भएको विर्तामोड सरसफाइ अभियान एघारौं हप्तादेखी विभिन्न संघसस्थाको सामुहिक नेतृत्वमा विर्तामोड सरसफाइ समिती गठन भइ उक्त समितिले नेतृत्व गर्दै आएको सरसफाइ अभियान अन्तर्गत ५० औं हप्ताको बृहत् सरसफाई तथा विशेष कार्यक्रम गरी बैशाख ३० गते शनिबार मनाइएको छ । कार्यक्रममा विर्तामोड नगरपालिकाका कार्यकारी अधिकृत खड्ग बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो भने इलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक केशव कुमार थेवेको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपा माओवादी(केन्द्र)का अरुण श्रेष्ठ, नेकपा एमालेका ज्ञानुराम प्रसाई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ढुण्डीराज गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा विर्तामोड सरसफाई अभियानलाई सुरुवात देखिनै साथ र सहयोग र्पुयाउने विभिन्न व्याक्ति तथा संघ संस्थाहरुलाई प्रशंशा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडका ढुण्डीराज गिरी, स्थानीय समाजसेवीद्वय गजेन्द्र पौडेल र विरु दर्नाललाई सम्मान गरिएको थियो भने सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान र्पुयाएवापत विवेचना दैनिक लगायत अभियानमा सक्रिय संघ संस्थालाई पनि प्रशंशा पत्रले सम्मान गरिएको थियो ।
स्रोत साधनको अभावका बाबजुद पनि अभियानलाई ५० औं हप्ता पुरा गरेकोमा कार्यक्रमका अतिथिहरुले युवाहरुलाई बधाई दिनुका साथै यस कार्यको सरहाना गरेका थिए । त्यसैगरी विर्तामोड सरसफाई समितिका सदस्य सरोज सत्यालले ५० औं हप्तासम्मको अनुभुति राख्ने क्रममा युवाहले यति जोसका साथ लागि पर्दा पनि सरोकारवाला निकायको र्पयाप्त सहयोग नपाएको गुनासो व्यक्त गरे ।
औपचारिक कार्यक्रम विर्तामोड सरसफाई समितिका संयोजक हैकम घिसिङको अध्यक्षता तथा सदस्य सरोज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । साथै उक्त कार्यक्रम पश्चात मुक्ति चौकबाट पूर्व इलाम स्टेण्डसम्म सरसफाई गरिएको थियो ।

विर्तामोड सरसफाई अभियान ५० औं हप्तामा
सवाल नेपालसंवाददाताशनिबार, २९ वैशाख २०७४

विर्तामोड सरसफाई अभियान ५० औं हप्तामा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



